Saturday, August 1, 2015

पुरुषहरू महिलाको वक्षस्थलमा किन बढी नजर डुलाउँछन् ?


कुनै रूपवतीलाई देख्दा पुरुषको नजरलाई सबैभन्दा पहिले उनको कुन अंगले आकर्षित गर्छ ? नेपाली चलचित्रका २५ वर्षीय ग्राफिक एनिमेटर अक्की शर्मा भन्छन्— ‘आँखा’ । उनको तर्क छ– ‘आँखाबाहेक अन्यत्र पनि नजर जान सक्छ, तर यदि आँखाले नै आकर्षित गर्न सकेन वा आँखामै सम्मोहन भएन भने अरू अंग जतिसुकै बान्की परेको भए पनि तिनले लोभ्याउन सक्दैनन् । युवतीको कामुकता सबैभन्दा बढी आँखाबाटै झल्कन्छ ।’ ‘मेरो नजर त सीधै कम्मरभन्दा माथिको भागमा जान्छ, अनि मात्र अन्यत्र नियाल्छु ।’ म्युजिक भिडियोका २३ वर्षीय मोडल निराजन प्रधानले अप्ठेरो मान्दै भने । युवतीको कुरा गर्नेबित्तिकै लजाउने निराजनलाई यो विषयमा कुरा गर्न अप्ठेरो लाग्दो रहेछ । तैपनि केही खुलेजस्तो गर्दै उनले भने–‘मलाई बान्की परेकी युवतीको वक्षस्थलको माथिल्लो भागले आकर्षित तुल्याउँछ, तर उनको आँखा र मुहार पनि राम्रो हुनुपर्छ ।’ सुन्दर महिलाको परिभाषा दिनुपर्दा अचेल बत्तीस लक्षणको कुरा गरिँदैन । कसैलाई मन सुन्दर लाग्नुपर्छ भने कसैलाई तन । पुराणमा उल्लेख भएअनुरूप बत्तीस लक्षणले युक्त युवती सम्भवत: अहिलेको संसारमा पाइँदैनन्, मेकअप र ग्रुमिङबाट सुन्दर देखिने होडबाजीमा वास्तविक सौन्दर्य हराइसकेको अवस्था पनि छ अहिले । नाटक कलाकार २९ वर्षीय वाल्मिकी पोखरेललाई पनि युवतीका राम्रा आँखाले छिट्टै तान्छ । ‘आँखा आकर्षक देखिने युवतीहरूसँग कुनै न कुनै बहाना मिलाएर कुरा गर्न मन लाग्छ ।’ उनको भनाइमा चलचित्र अभिनेता तथा रंगकर्मी ३० वर्षीय प्रमोद अग्रहरि पनि सहमत छन् । अग्रहरि भन्छन्– ‘आँखामा मादकता हुनु जरुरी छ । मादकता मिश्रित आँखाले सोझै सम्मोहित गर्छ ।’ आँखापछि नितम्ब आकर्षक लाग्छ । ‘नितम्ब चट्ट मिलेको हुनुपर्छ । कोकाकोलाको बोतल अथवा विशेष प्रकारको नासपातीको आकारजस्तो सलक्क परेको ज्यान छ भने माथिदेखि तलसम्म नियाल्न बाध्य भइन्छ’ प्रमोदले बताए । २७ वर्षीय नृत्य निर्देशक गम्भीर विष्टले भने यो प्रसंगलाई रमाइलोसँग व्याख्या गरे– ‘युवती आफूतिर आउँदैछिन् भने अवश्य उनको अगाडिको भागमा नजर पुग्छ र त्यसमध्ये सबैभन्दा आकर्षक भागमा गएर नजर अडिन्छ । यदि युवती पछाडि फर्किएकी छिन् भने उनको केश, छिनेको कम्मर र पुठ्ठामा नजर जान्छ । मलाई लाग्छ, पछाडिबाट हेर्दा अधिकांश पुरुषको नजर हिपमै पुग्छ भने अगाडिबाट चाहिँ आँखा, मुहार, ओठ र वक्षस्थलमा बढी नजर डुलाइन्छ ।’ कहाँ हुन्छ त पहिलो आकर्षण ? सौन्दर्यकी प्रतिमूर्ति मानिएका महिलाको शारीरिक बनावट कोमल र आकर्षक हुन्छ, पुरुषको जस्तो कठोर हुँदैन । कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा जान्छ ? अधिकांशको जवाफ आउन सक्छ– वक्षस्थल तर यो गलत तथ्य हो । चलचित्र, मोडलिङजस्ता ग्ल्यामरस क्षेत्रमा कार्यरत २० देखि ३५ वर्षका युवाहरूमा साप्ताहिकले गरेको एक अनौपचारिक सर्वेक्षणअनुसार पुरुषको पहिलो नजर महिलाको आँखामै पर्छ । आँखामा–आँखा जुधाइसकेपछि मात्र पुरुषले महिलाका अन्य अंगमा नजर दौडाउन थाल्छ, तर त्यतिबेला धेरैको नजर महिलाको मुहार र मुस्कानमा जान्छ । म्युजिक भिडियो निर्देशक ३२ वर्षीय विशाल भण्डारी युवतीका ओठले आकर्षित गर्ने कुरा बताउँदै भन्छन्– ‘टम्म मिलेका दन्तलहर, पातलो ओठ त्यसमा पनि गुलाफी रंगको ग्लस लगाइएको होस्, मलाई त्यस्ता ओठले निकै आकर्षित गर्छन् ।’अध्ययनअनुसार पुरुषले त्यसपछि आफ्नो नजर महिलाको वक्षस्थलमा पुर्‍याउँछ । चलचित्र नायक तथा गायक २४ वर्षीय प्रदीप बाँस्तोला भन्छन्–‘छोपेको वक्षस्थलभन्दा पनि हल्का ‘क्लिभेज’ देखिएको वक्षस्थल सेक्सी लाग्छ । म दाबीका साथ भन्नसक्छु नजर लुकाएर भए पनि अधिकांश पुरुषको दृष्टि त्यहाँ पुगेकै हुन्छ ।’ यदि महिलाले नाभी देखिने गरी पहिरन लगाएकी छिन् भने वक्षस्थलपछि पुरुषको आँखा नाभीमा पुग्छ । ‘नाभी र छिनेको कम्मरमा महिलाहरू अझ आकर्षक लाग्छन् । विशेष गरी साडीमा छिनेको कम्मर र नाभी देखिने हुँदा महिलाहरू साडीमा सेक्सी देखिन्छन् भनिएको हो,’ –२६ वर्षीय नायक संजोग कोइरालाको तर्क छ । फ्यात्त बढेको पेटमा देखिने नाभी उनलाई मन पर्दैन, कोइराला भन्छन्– ‘कतिपय युवती तथा महिलाहरू कम्मर र नाभी देखाउने होडमा आफ्नो शारीरिक बनावटमा ध्यान पुर्‍याउँदैनन् । त्यस्तो अवस्थामा उनीहरू सुन्दर होइन, भद्धा लाग्छन् ।’ बेलायतको डेलीमेलमा प्रकाशित एक खबरअनुसार ७० प्रतिशत पुरुषले पहिलो पटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पुर्‍याउँछन् । बेलायती संस्था ड्रपले १ हजार पुरुष तथा १ हजार महिलामा गरेको सर्वेक्षणअनुसार महिलाको वक्षस्थल जतिसुकै आकर्षक भए पनि त्यो पुरुषको नजरको तेस्रो प्राथमिकतामा पर्छ । दोस्रोमा अधिकांशले महिलाको ओठ मन पर्ने बताएका छन् । सर्वेक्षणअनुसार केही पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् भने त्यसपछि पहिरन र उचाइमा ध्यान दिन्छन् । यस क्रममा पुरुषहरूले सबैभन्दा पछि हेर्ने अंग महिलाको नाक हो । नट्टी आफ्टर फोर्टी विवाहित पुरुष तथा अविवाहित पुरुषले महिलालाई हेर्ने पहिलो नजर फरक हुन्छ । एक अध्ययनअनुसार विवाहित पुरुषहरू महिलामा बढी कामुकता खोज्छन् र उनीहरूको नजर महिलाका उभारहरूमै बढी केन्द्रित हुन्छन् । उनीहरूको आँखाले अनुहारभन्दा ओठ, कम्मरभन्दा नाभी, आँखाभन्दा वक्षस्थल तथा हातखुट्टाभन्दा पुठ्ठामा कामुकता खोजिरहेको हुन्छ । ‘तुलनात्मक रूपमा अविवाहित पुरुषले भन्दा विवाहित पुरुषले बढी यौनको स्वाद चाखेको हुन्छ । यौन र कामुकतामा अविवाहितभन्दा धेरै कदम अगाडि भएकाले विवाहित पुरुषहरूको नजर कामुक अंगतिरै हुन्छ,’ अध्ययनको निष्कर्ष छ । डेलिमेलको अध्ययनअनुसार विवाहित होस् वा अविवाहित, ४० वर्ष कटेका अधिकांश पुरुष कामुकताको सन्दर्भमा २० कटेका पुरुषभन्दा बढी कामुक हुन्छन् । विवाहित पुरुषले कुनै पनि महिलालाई पहिलो पटक हेर्दा अप्ठेरो नमानी हेर्छन् र उनीहरूमा लज्जाको पनि कमी हुन्छ । जबकि २५ नकटेका अविवाहित पुरुषमा भने लोकलाजको डर बढी हुन्छ । उनीहरू साथीभाइहरूसँग जतिसुकै छाडा रूपमा प्रस्तुत भए पनि महिलाहरूका सामु भने आफूलाई सज्जन देखाउने प्रयत्न गर्छन् । ४० कटेका पुरुषले मौका पाए भने महिलाहरूका सामु पनि ‘ननभेज जोक्स’ सुनाउन सक्छन् । त्यसैले त भनिएको छ, ‘नट्टी आफ्टर फोर्टी’ । सबैभन्दा आकर्षण पहिलो नजर आँखामा गए पनि महिलाहरूको वक्षस्थललाई सबैभन्दा आकर्षक अंग मानिएको छ । पुरुषहरू महिलाको वक्षस्थलमा किन बढी नजर डुलाउँछन् वा आकर्षित हुन्छन् ? यो जिज्ञासाको गतिलो जवाफ पुरुषहरूसँग छैन । यद्यपि महिलाहरूमा पनि यो कुरामा प्रशस्तै खुल्दुली पाइन्छ । जब पुरुषहरू महिलासँग कुराकानी गर्न थाल्छन्, त्यतिबेला महिलाको ‘क्लिभेज’ देखिएको अवस्था छ भने उनीहरूको आँखा महिलाहरूको आँखामा नभई वक्षस्थलमा हुन्छ । नजर लुकाउन खोजे जसरी उनीहरू त्यहीँ हेर्न खोज्छन् । त्यसपछि पुरुषहरूले आफ्ना नजिक भएका महिलाको गर्दनमा अनि त्यसपछि मात्र आँखामा हेर्छन् । वास्तवमा यस्तो ‘बडी ल्याङ्वेज’ भएका पुरुषको गतिविधि महिलाहरूले तुरुन्तै पत्ता लगाउँछन् र उनीहरूलाई कामुक पुरुषको संज्ञा दिन्छन्, तर यस्तो अवस्थामा प्रत्येक पटक पुरुषको मानसिकता गलत हुँदैन । थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पुरुषले महिलाको वक्षस्थल नै हेर्ने कुरा पत्ता लागेको छ । वास्तवमा पुरुषलाई लाग्छ— वक्षस्थल नै नारित्वलाई सार्थक बनाउने सर्वाधिक आकर्षक अंग हो । यौनमा वक्षस्थलको भूमिका खासै नभए पनि त्यसकै आकर्षणले पुरुषहरू महिलातर्फ आकर्षित हुने अध्ययनहरूले देखाउँछन् । यदि वक्षस्थल अत्यधिक सानो वा ठूलो छ भने पनि पुरुषहरू धेरै बेर त्यसतर्फ हेर्दैनन्, जसका कारण यदकदा केही महिलामा हिन भावना उत्पन्न हुन्छ । पुरुषहरूको आँखा त्यस्ता वक्षस्थलमा धेरै पटक जान्छ, जुन सेक्सी र मध्यम आकारका हुन्छन् । पहिरनबाट वक्षस्थल थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरू कुराकानी गर्ने क्रममा पटक–पटक स्तनमा हेर्छन् । अध्ययनहरूअनुसार— यो कुरा सबै पुरुषमा लागू हुँदैन, किनभने केही पुरुष सज्जन पनि हुन्छन् । स्वस्थ नजर बदामी आँखा तथा गुलाफको फूलको पत्रजस्ता रसिला ओठले पुरुषलाई आकर्षित गर्छ । प्राचीनकालदेखि नै दक्षिण एसियामा महिलाहरूको आकर्षणमा यस्ता विम्बहरूको प्रयोग गरिँदै आएको छ । एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि पुरुषहरू त्यस्ता महिलाहरूप्रति आकर्षित हुन्छन्, जसको आँखा, ओठ र मुहार नारीसुलभ एवं सुन्दर हुन्छन् । बेलायती जर्नल ‘बायोलोजी लेटर्स’मा प्रकाशित उक्त अध्ययनमा अध्ययनकर्ताहरूले २८ अलग–अलग देशका झन्डै २ हजार पुरुषलाई संसारका फरक–फरक क्षेत्रमा रहेका २० जना सुन्दर महिलाका तस्बिर देखाउँदै अनुसन्धान गरेका थिए । जापानका पुरुषले अनुहारलाई सबैभन्दा बढी महत्व दिए भने भारत तथा नेपालका पुरुषले शारीरिक बनावटलाई पहिलो प्राथमिकतामा राखे । आकर्षित हुने अवस्थामा पुरुषको स्वास्थ्यस्थितिको पनि निकै महत्त्वपूर्ण भूमिका हुन्छ । महिलाहरूप्रतिको रुचि पुरुषको शरीरमा बढ्ने सेक्स हार्मोन्सले निर्धारण गर्छ । अध्ययनमा के देखियो भने पुरुषमा पाइने हार्मोन ‘टेस्टोस्टिरन’को स्तरले उसको कामुक नजर र व्यवहारको मापन गर्छ । पुरुष स्वस्थ छ भने उसमा यो हार्मोन बढी हुन्छ र उसले महिलामा पुर्‍याउने नजर अस्वस्थ पुरुषको तुलनामा बढी कामुक हुन्छ, अनि स्वस्थ र सुगठित पुरुषप्रति महिलाहरू पनि सामान्यभन्दा बढी आकर्षित हुन्छन् । कान्तिपुर साप्ताहिकवाट

0 comments:

Post a Comment