संविधान सभामा प्रतिवेदन पेश गर्दै समितिका सभापति बाबुराम भट्टराईले जसरी भएपनि संविधान निर्माण गर्नुपर्ने बताएका छन्। रातदिन खटेर जनताबाट आएका सुझावलाई मनन गर्दै प्रतिवेदन तयार गरेको बताए। हिजो मध्य रातमा भएपनि हामीले सहमति गर्यो अब संविधान बन्ने पक्का भएको छ। त्यसैले गर्दा निरंकुशतावादी प्रवृत्तीले पनि संविधान रोक्न सक्दैनन्। इतिहास दोहोरिन नदिउँ यसपटक हामी संविधान जारी गरेरै छाड्ने छौ। सबैलाई समेटेर संविधान बन्छ। उत्पीडितहरुको माग जायज छ भन्दै उनले संविधान बनायौँ भने त्यसमा टेकेर थप अधिकारका लागि लड्दै जान सक्ने भट्टराईले बताए। राप्रपा नेपाल र मधेसवादी दलका सभासदको नाराबाजीका बाबजूद भटराइले प्रतिवेदन पेश गरेका हुन्।
संविधानसभामा प्रतिवेदन पेश गर्दै बाबुराम भट्टराईले भने-
इतिहासमा दुई पटक पहिलो पटक दुखद र दोस्रो पटक सुखद रुपमा। सात सालमा आएको परिवर्तनले वी पी कोइरालाले १४ सुालमा संविधानसभा छाड्दा ३० वर्ष निरंकुशता लादिइएको थियो।
हामीले त्यसको विरुद्धमा एकात्मक राज्य सत्ता र धर्मको नाममा चलेको धर्मको खोल ओडि राजतन्त्रको नाममा जनतामाथि दमन गर्ने विरुद्ध हामीले बन्दुक उठायौं। दोस्रो आन्दोलन भयो। संविधानसभा आयो तर हामी आफू विभाजित हुँदा निरंकुशताको पृष्ठ पोषकहरु सलबलाउँदै गर्दा हामी वी पी कोइरालाकै खाले गल्ती गर्दै छौ। हामी यहाँ त्यही हाँस्य दृश्यको मन्चन गर्दैछौं। पहिलो पटक जुन गल्ती भयो अब हामी त्यो गल्ती गर्दैनौ। हाम्रा बीचमा मतभेद भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै छौ। हो दुई संविधानसभामा फरक परिणाम आए पनि त्यो ९० प्रतिशत संघीयता र यणतन्त्रकै पक्षमा आएको छ। हिजोका महेन्द्रवादी ‘भूत’हरु विदेशी दलाली गरी अहिले सलबलाएकोमा सबैलाई सचेत हुन आग्रह गर्छु।
कथित राष्ट्रवादको नाममा अहिले विदेशीको आडमा जस्ले कालापानी बेचेका थिए उनीहरुले विरोध गर्दैछन्। सक्छौ हामी अग्रगामी संविधान बनाउ सक्दैनौ भने पनि अहिले १ लाख ८७ हजार जनताले ६१ हजार सुझावका आधारमा संवाद समितिले मस्यौदा परिमार्जन गरेको छ।
यो सदनमा दुईथरी चिन्ता छ। अग्रगामी परिवर्तनका लागि दलित महिला जनजातिहरु अग्रगामी संविधान बनाउन चाहन्छन्। अर्को धेरै अधिकार खोज्दा संविधान नै नबन्ने अर्थात एकातिर भीर अर्कोतर्फ खाडल भएको अवस्थामा लोकतन्त्रीक आन्दोलनका शक्तिहरुले हामीले संविधान बनाउन ढिला गरे फेरि १७ साल दोहोरिन्छ भनि हामीले केही नसके पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाऊ।
त्यसमा हामी भोलि आफ्ना अधिकारका लागि लड्दै जान सक्छौ भनि शीर्ष नेताहरुले सहमति गरे। जसले हिजो षडयन्त्र गरी जनतालाई पार्थे उनीहरले नेताहरुको मानमर्दन गरी सिन्डीकेट भन्थे उनीहरुले नेताहरुले संविधान जसरी पनि दिने सहमति गरी मस्यौदा परिमार्जन गरेका छौ। सात सालको इतिहास दोहोरिने खतरा टरी नेपालमा संविधान बनाउने सुनिश्चितता भएको छ।
यसले संविधान बन्दा विगतमा षडयन्त्र गर्नेहरुले कहिले धर्म र कहिले कुनै नाममा नाटक मन्चन गरी बत्तिमा पुतली होमिएजस्तै गरीरहेका छन्। तर हामी संविधान जारी गरी छाड्छौ।
उत्पीडित महिला, जनजाति, दलितका माग जायज छ तर अग्रगामी संविधान बनाउनेका आवाजलाई प्रतिगामीले संविधान बनाउन नदिने खतरा भएको अवस्थामा अहिले बनेको संधिवान टेकी भोलि थप अधिकारका लागि नयाँ इतिहास बनाउन सक्छौ।
सक्छौ भने अग्रगामी र धेरै अधिकारयुक्त संविधान बनाऊ हैन भने पनि संघीयता र गणतन्त्रलाई संस्थागत गर्न सबै सतर्क बनौ र संविधान बनाउ।
सबैले आफ्नो अधिकार सुनिश्चित गर्न नरक जाने बाटो पवित्र उद्देश्यले बनाएको भए त्यो बाटो बदल्नु पर्छ। कसैले बाटो खन्दै गर्दा गलत बाटो भए सबै पक्षले त्यो बदल्नु पर्छ।
हामी आपसमा कांग्रेस, कम्युनिष्ट वा मधेस जुनसुकै भागमा विभाजित भएपनि निरंकुशता र एकात्मक शासनको षडयन्त्र परास्त गर्न एक भइ संविधान बनाइ छाड्छौ।
विगतको संविधानसभाको बैठका कुनै पनि सभासदहरूले अमर्यादित शब्द प्रयोग गर्दा तुरून्त रूलिङ गर्ने सभाध्यक्ष आज बाबुरामले गरेको भाषण प्रति कुनै टिप्पणी गरेनन्।
यसअघि विभिन्न सभासदहरूले अमर्यादित भाषा प्रयोग गरेकोमा तुरून्त हटाउन निर्देशन दिने गरेका थिए। आज बाबुरामले प्रयोग गरेका अधिकांश शब्द संविधान सभामा अमर्यादित थिए यद्यपी सभामुखले कुनै प्रतिक्रिया देखाएनन्।
0 comments:
Post a Comment