काठमाडौँ , भदौ १२ । एसिसी यू १९ प्रमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १२४ रनको टार्गेट दिएको छ । मलेसीयाको क्वाललम्पुरमा जारी खेलमा टस जितेर ब्याटीगं थालेको नेपालले ४७ दशमलव ५ ओभरमा जम्मा १२३ रन जोड्न सक्यो ।
नेपालका लागी सुनिल धमलाले सर्वाधिक ४६ रन जोड्न सफल भए । त्यस्तै योगेन्द्र कार्की र प्रेम तामागंले समान २० रन जोड्न सफल भए भने अन्य खेलाडीले दाहोरो अंक जोड्न असमर्थ रहे । अफगानिस्तानले केही बेरमा जवाफी ब्याटीगं गर्नेछ ।
यस अघि हिजो नेपालले संयुक्त अरव इमिरेट्स युएईलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । हिजोको जितसँगै नेपालले दुई अङ्क जोडेको छ ।
0 comments:
Post a Comment