टीकापुर र भजनी त्रिशक्तिनगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको कफ्र्यू स्थानीय प्रशासनले निरन्तर गरेको हो ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । धनगढी नगरपालिकामा भने ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि फेरी कर्फ्यु जारी गरिएको छ ।
शुक्रबार पनि ११ बजे लगाइएको कर्फ्यु साँझ ६ बजेपछि फुकुवा गरिएको थियो । लगातारको कफ्र्यूले कैलालीको जनजीवन निकै कष्टकर बनेको छ । कर्फ्युले टीकापुर र सदरमुकाम धनगढी सुनसान छ ।
भारतबाट आउने यात्रु दिनभर सीमावर्ती गौरीफन्टा बजारमा अलपत्र पर्ने गरेका छन् । उता, टीकापुरमा गत सोमबारको हिंसा पछि लगातारको कफ्र्युका कारण हिडडुल बन्द हुनुका साथै दैनिक उपभोग्य बस्तुको अभाव भएपछि टीकापुरबासीले उकुसमुकुस र पीडा खेपिरहेका छन् ।
त्रासका कारण युवाहरुले गाउं छाडेपछि थारु समुदायका बस्तीमा बुढापाका मात्र बांकी रहेको बताइएको छ ।
यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईंले आन्दोलन प्रभावित जिल्लाका सम्पूर्ण सभासदलाई जिल्ला पुगेर सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन ।
0 comments:
Post a Comment