वार्तामा सहभागी एक शीर्ष नेताकाअनुसार नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सबैभन्दा बढी सताएको विषय छ आफ्नो निर्वाचन क्षेत्र सुरक्षित होओस् भन्ने । उनले वार्ताको क्रममा आफ्नो निर्वाचन क्षेत्र सुरक्षित हुन्छ कि हुँदैन भन्ने मात्रै चिन्ता व्यक्त गर्दै आएका छन् ।
पछिल्लो पटक दलहरुकोबीचमा झापा, मोरङ, सुनसरी र कैलाली तथा कञ्चनपुरको विवाद बढ्ता देखिएको छ । मुलुकलाई सङ्घीय प्रणालीमा लैजानु पर्छ तर आफ्नो निर्वाचन क्षेत्र टुक्रनु हुन्न भन्ने मान्यतामा नेपाली काँग्रेस र नेकपा(एमाले)का केही नेताहरु लागेका छन् ।
वार्ताका सहभागी शीर्ष नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले मोरङ र सुनसरी जहाँ राखेपनि झापालाई कुनै पनि हालतमा चलाउन नहुने तर्क गर्ने गरेका छन् । उनी मात्रै होइन, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला पनि झापालाई तल माथि गर्ने पक्षमा छैनन् । एमाले अध्यक्ष ओलीलाई झाप क्षेत्र नं ७लाई सुरक्षित राख्नुपर्छ भने सिटौलालाई झापा क्षेत्र नं ४ जसरिी भएपनि सुरक्षित राख्नुपर्नेछ ।
उनीहरुले लिएको अड्डीका कारण दलहरुकोबीचमा निरन्तर जारी वार्ताले कुनै पनि सार्थकता पाउन सकेको छैन । अरु विषयमा सहमति गरौ, मेरो निर्वाचन क्षेत्र चाहि केही नगरौ भन्ने मान्यताका आधारमा ओली र सिटौला बैठकमा प्रस्तुत हुने गरेका छन् । पूर्वमा ओली र सिटौला जसरी प्रस्तुत हुन्छन् त्यसैगरी कैलाली र कञ्चनपुरको हकमा काँग्रेस नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीमबहादुर रावल प्रस्तुत हुने गरेका छन् । देउवा र रावलले कैलाली मधेसमा राखे पनि हुने पक्षमा पुगेपनि कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिममा राख्नै पर्ने पक्षमा देखिएका छन् । मुलुक सङ्घीयतामा जानै पर्छ पनि भन्ने आफ्नो निर्वाचन क्षेत्र पनि केही नहोस् भन्ने पक्षमा उनीहरु अड्डी लिएर बसेपछि वार्तामा सार्थक परिणाम आउन नसकेको हो ।
सङ्घको वकालत गर्ने, तर आफ्नो निर्वाचन क्षेत्र कुनै पनि हालतमा टुक्रयाउन नहुने तर्क गर्दै आएका ओली, सिटौला, देउवा र रावलका कारण जति वार्ता गरेपनि लुडो खेले जस्तै सर्पको मुखमा परेर खाएको जस्तै भएको छ । वार्ताका सहभागी एक शीर्ष नेताले मिलीसकेको विषयमा समेत बखेडा झिक्ने काम भइरहेको छ ।
पछिल्लो पटक हिजो राती ओली र एमाओवादी अध्यक्षबीच भएको छलफलमा आज दिनभरी विवादित विषयमा सहमति जुटाउने सहमति भएपनि आज ओली पूरानै शैलीमा प्रस्तुत भएका छन् ।
उनले बैठकमा ‘मोरङ सुनसरी जे गरेपनि गर्नुस् । झापालाई केही पनि गर्न पाइदैन, सम्म देखेको भरमा झापा तराईमा राख्न पाइदैन,’ भन्ने कुरा दोहोर्याए । ओलीले बोलेपछि सिटौला पनि खुसी हुँदै ओलीको सर्मथन गर्ने गरेका छन् ।
अखण्ड सुदुरपश्चिम नभए आन्दोलन गर्ने सिचाइँ मन्त्रीको चेतावनी
प्रमुख चार दलका बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग विवाद परेका रावलले आज सुदुरपश्चिमबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३५ जना सभासद्को संयुक्त हस्ताक्षर गराएर प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकमा ज्ञापनपत्र दिन लगाएका छन् ।
political parties nepal (3)
उनले सिंचाई मन्त्री एनपी साउदलाई अगाडि सारेर केही बेर अगाडि मात्रै प्रमुख दलको बैठकमा ज्ञापनपत्र पेश गर्न लगाएका हुन् । अखण्ड सुदुरपश्चिमको पक्षमा ज्ञापनपत्र बुझाएपछि थारुवानको माग गर्दै थारु आन्दोलनसँग जुध्ने भएको छ ।
उनीहरुले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै सिचाई मन्त्री साउदले आफ्नो माग पूरा नभए आन्दोलन गर्ने सम्मको चेतावनी दिन भ्याए ।
-रातोपाटि बाट
0 comments:
Post a Comment