काठमाडौं, भदौ १० – सुर्खेत छिन्चु घर भई बालाजु बस्ने भागचन्द्र महरले टेकुमा सेन्ट्रल इन्भेस्टिगेसन सेक्योरिटी फोर्स प्रालि खोलेका छन् । उनको कार्यालयभित्र प्रवेश गर्ने जोकोहीलाई पनि उनी एउटा महान् व्यक्तित्व रहेको भान हुन्छ । प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका ठूला नेतासँग भेट गरेका तस्बिरले उनको कार्यालय सजिएको छ । एक पूर्वडिएसपीलाई आफ्नो कर्मचारी बनाउन भ्याएका महरको कर्तुत तीनजनासँग अमेरिका पठाइदिन्छु भनेर १५ लाखका दरले उठाएपछि मात्रै पर्दाफास भयो । म्याग्दीका राजेश रोक्का, थमनबहादुर रोक्का र दिलीप बुढाथोकीलाई एक महिनाभित्रै अमेरिका रोजगारीका लागि पठाइनिन्छु भनेर रकम बुझेका महरले पछि पठाउन सक्दिनँ भनेर नेपाल बैंकलगायतका बैंकको चेक थमाइदिए ।
पीडितले चेक बैंकमा लगेर साट्दा खातामा पैसा नभएको जानकारी दिएपछि पीडित महानगरीय प्रहरी अपराध महाशाखा पुगे । महाशाखाले छापा मार्दा उनको ठगी धन्दा खुलेको हो । भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग हात मिलाएको फोटोलाई प्रविधिमार्फत कोइरालाको हटाएर आफ्नो टाउको राखी फोटो निकालेका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment