भदौ, काठमाण्डौँ। हाँस्यकलाकार जितु नेपाल (मुन्दे्र) सहितको कलकारको टोली अमेरिका प्रस्थान गरेको छ । दिउँसो ४ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट टोली प्रस्थान गर्न लागेको हो । डब्ल्यु बी एमसी एलएलसीको आयोजनामा यो टोलीले अमेरिकाको विभिन्न राज्यमा प्रस्तुती देखाउनेछ । दुई महिना दश दिनको अमेरिका भ्रमणका क्रममा जितु नेपालले २० भन्दा बढी कार्यक्रमहरुमा भाग लिने बताएका छन् । तीन पटकको असफलता पछि जितु नेपाललाई अमेरिका यात्रा पहिलो पटक जुरेको हो । उनले आफु अमेरिकाबाट जतिसक्दो छिटो फर्किने सोचमा रहेको बताएका छन् । अमेरिकामा लामो समय बस्ने मेरो योजना छैन, कार्यक्रम सकिने बित्तिकै नेपाल फर्कनेछु, उनले भने ।
गाईजात्रा र दशैँसमेत उनीहरुले अमेरिकामा नै मनाउने भएका छन् । दशैँमा भने परिवारलाई शून्य हुने भएको छ । अहिलेसम्म दशैँमा परिवारबाट टाढा नभएकाले परिवारलाई नरमाईलो हुने देखेको छु । तर, केहि पाउन केहि गुमाउनै पर्दो रहेछ, मुन्द्रेले भावुक हुँदै भने । जितु नेपालको साथमा गायक बद्री पंगेनी, निरु खड्का, शिला आले पनि अमेरिका प्रस्थान गरेका छन् । भूकम्पका कारण सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), गायक पशुपति शर्मा, प्रमोद खरेलको टोली कार्यक्रम नसकि फर्किएपछि कलाकारको यो टोली अमेरिका प्रस्थान गरेको हो । -
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment