‘अग्निपथ’ नामक टेलिफिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनलेले २०५० सालबाट रेडियो नेपालबाट प्रसारण भएको हास्यव्यङ्ग्य कार्यक्रम ‘रामविलास र धनिया’बाट लोकप्रिय भएकी हुन् । उक्त कार्यक्रमदेखि दीपकराज गिरीसँग सहकार्य गरेर अघि बढेकी दीपाश्रीले आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन । दीपकराज गिरीसँग सहकार्य गरेर तीतो सत्यमा अभिनय गर्न थालेपछि लाखौं दर्शकहरुले यो जोडीलाई अत्यधिक मन पराएका हुन् । दीपकराज गिरी तथा निर्मल शर्मा (गैंडा)सँग मिलेर ‘छ एकान छ’ निर्माण गरेपछि निर्मात्रीको रुपमा पनि चिनिएकी उनले असोज १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वडा नम्बर ६’ लाई पनि निर्माण गरेकी हुन् । निरौला अहिले यही चलचित्रको प्रचार प्रसारमा व्यस्त छिन् । ‘मैले पैसा भन्दा पनि मलाई धेरै माया गर्ने दर्शक कमाएँ । दर्शकहरुको माया र साथले गर्दा अहिले काठमाडौंमा आफ्नै घर बनाई आफ्नै गाडीमा घुम्न सक्ने भएको छु’, दिपाले भनिन् । खबरका अनुसार आज उनले जन्मदिन हेटौँडामा मनाउने छिन् । चलचित्र ‘वडा नम्बर ६’ को देश दौडाहा अन्तरर्गत आज हेटौँडामा पत्रकार सम्मेलन भएका कारण दिपाले जन्मदिन पत्रकारहरुसँग मनाउँनेछिन् । आफ्नो विहेको चिन्ता लिने शुभचिन्तकलाई दीपाले भनिन् ‘मेरो विहेको चिन्ता नगर्नुस् म अहिले भर्खर स्वीट सिक्सटिनमा छु, किनभने म निदाएको समय जोड्दिन ।’ दीपाश्रीले जन्मदीनको अवसरमा सबैलाई धन्यवाद दिंदै दर्शक र श्रोताको मायाले गर्दा नै यो स्थानमा आएको बताइन् । उनले चलचित्र वडा नम्बर ६ को विषयमा बोल्दै अगाडी भनिन्, ‘दर्शकहरुले तीतो सत्यलाई अत्यधिक मन पराइदिएर नेपाल टेलिभिजनको नं.१ टेलिश्रृंखला बनाइदिनुभएकोमा धेरै धेरै धन्यवाद । हामीले दोस्रो पटक हाँस्यकलाकारहरु मिलेर चलचित्र बनाएका छौं । यस अघिको ६ एकान ६ लाई निजकै माया र साथ दिनु भयो र यो पटकपनि वडा नम्बर ६ लाई पनि तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीलाई जत्तिकै माया गर्नुहुनेछ भन्ने आशा लिएको छु । यहाँहरुको माया साथ तथा हौसला पायौं भने हामी प्रत्येक वर्ष एउटा चलचित्र लिएर दर्शकहरुमाझ आउनेछौं ।’
f
0 comments:
Post a Comment