तर मान्छेले चालेजस्तो कहाँ हुन्छ र रु लेखन्तले लेखेको कुरा कहिल्यै मेटिन्न, पुरा भएरै छाड्छ । शुक्रबार विहान साढे एक बजे नुवाकोटको दुर्गम गोस्र्याङ गाविसका कलिला नानीबाबुलाई जीवनभर नभुल्ने पीडा बोकेर आयो ।
बिहानीपखको निद्रामा बिलिन भइरहेका बेला धर्ती नै कपाउँदै झरेको पहिरो बालक सुमन तामाङ र उनका भाइबहिनीका लागि जीवनभरको पीडाको कारण बन्यो ।
राति उनी मस्त निदाइरहेको थिए, भूकम्प आएजसरी उनी सुतेको खाट र जमिन हल्लियो । जमिन हल्लिएपछि उनी तत्कालै ब्युँझिए । आँखा खोलेर हेर्दा चारैतिर अध्याँरो, क्षणभरमै हिलोमाटोकोे गन्ध फैलियो । बत्ती गएका बेला गर्जिरहेको आकाशसँगै चम्किएको बिजुलीको उज्यालोमा चिह्याउँदा उनी सुतेको टहरोको चिनोबानो थिएन ।
पहिरोले पुरिसकेको टहरोबाट उनले आफू, भाइ र बहिनीलाई तानेर बचाउन सफल भए । तर, टहरोको पूर्वतर्फ भित्तामा सुतिरहेका बाबुआमालाई बचाउन सकेनन्, दैव पनि कति निष्ठुरी आफ्नै आँखा अगाडि बाबुआमालाई पहिरोले निलेको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
0 comments:
Post a Comment