Friday, August 28, 2015

चुरोटको खिल्लीभित्र २ करोड ७० लाख (भिडियो)


काठमाडौं, भदौ १२ । त्रिभुवन विमानस्थल प्रहरीले चुरोटको बट्टाभित्र लुकाएर लाँदै गरेको अवस्थमा करोडौं विदेशी मुद्रासहित एक चिनियाँ नागरिकलार्इ बिहीबार पक्राउ गरेको छ । चाइना साउथर्न एयरलाइन्सको जहाजबाट ल्हासा उड्न लागेका चिनियाँ नागरिक इ वाङको साथबाट प्रहरीले बिहीबार राति २ करोड ७० लाख ८ हजार ६ सय १५ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको हो । चुरोटको खिल्लीभित्र राखेर लाँदै गरेको अवस्थामा विमानस्थल प्रहरीले ६० हजार डलर ९६३ लाख ४८ हजार आठ सयरुपैयाँ०, ७६ हजार युरो ९९० लाख ७६ हजार २ सय १३ रुपैयाँ० र ४८ हजार स्वीस फ्र्यान्क ९५२ लाख ८३ हजार ६ सय २० रुपैयाँ ती चिनियाँ नागरिकको साथबा६ बरामद गरेको हो । विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले चिनियाँ नागरिक वाङले २० वटा चुरोटका बट्टाका खिल्लीभित्र राखेको अवस्था करोडौं रुपैयाँ बरामद गर्न सफल भएको हो । ुचुरोटको खिल्लीभित्र सय सय डलर लुकाइएको भेटियोु, कायस्थले भने, चप्पलको सोलभित्रसमेत डलर लुकाइएको भेटियो । चुरोटको खिल्लीभित्र निकै मेहनेत गरेर डलर लुकाइएको रहेछ । वाङले बोकेको ब्यागेजमा चेकजाँचका क्रममा खैरो रंगको सुटकेशमा २० ओटा चुरोटकमा रहेका खिल्लीको सुर्ति निकालेर विदेशी मुद्रा बेरेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । चिनियाँ नागरिक वाङले लगाएको चप्पलभित्रबाट समेत प्रहरीले विदेशी मुद्रा बरामद गरेको छ । करोडौं विदेशी मुद्रासहित समातिएका वाङले विमानस्थल प्रहरीसँग दिएको बयानमा आफू कपडा ब्यापारी भएकाले डलर साटेर देशमा लैजान लागेको बयान दिएका छन् ।

0 comments:

Post a Comment