Monday, August 24, 2015

टीकापुर प्रकरणः सेना परिचानलनपछि खाली भयो थारु गाउँ


कैलाली, भदौ ८– सोमवार टिकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको भिडन्तमा एएएसपीसहित सात प्रहरी मारिएसँगै सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गरेको थियो । यस्तो निर्णयसँगै नेपाली सेना आफ्नो जम्वो जोली लिएर टिकापुर पुग्यो ।

टिकापुरबाट करिब ९० किलोमिटर टाढा पर्ने गेरुङ्गे ब्यारेकमा हेलिकप्टर तयारी अवस्थामा राखियो । शंकास्पद गतिविधी गरेको देख्नासाथ सेनाले गोली हान्न सक्ने सन्देश हावासरी फैलिएसपछी टिकापुर र त्यस आसपासका थारु गाउँहरु खालि भएका छन् ।
उमेर भएका हरु घर छाडेर भारतीय सिमानामा गएर बसेका छन् भने, वृद्ध,वृद्धा र वालबालीकाहरु त्रसित मुद्रामा समय विताउन बाध्य भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकार भवानी ऐरले जानकारी दिए ।
प्रशासनले अहिले टिकापुरमा अनिश्चतकालीन कफ्र्यु लगाइएको छ । त्यस्तै धनगढी आसपासका क्षेत्रमा विहान ११ बजेदेखि बेलुकी सात बजेसम्म कफ्र्यु आदेश जारी गरिएको स्थानिय प्रशासनले जनाएको छ ।
धनगडीमा सेना परिचालन नभएपनी जनपथ प्रहरी र शसस्त्र प्रहरीले शुरक्षा ब्यवस्था कडा पारेका छन् । सडक र चोकहरुमा मानिसहरु देखा परेका छैनन् ।
ऐरका अनुसार थारुहरुका गाउँ पुरै खाली भएको छ । हिजो आन्दोलन भड्किएको टिकापुरको पशुहाट बजार र दुर्गौलीको दुर्गौली बजारका अधिकांश घरमा ढोका लागेका छन् । उनिहरु कफ्र्यु तोडेर आन्दोलन आन्दोलन गर्ने भन्दा पनी कसरी बाँच्ने भन्नेतिर लागेको बताइएको छ । टिकापुर घटनाको चौतर्फि विरोध भएपछि थरुहट संघर्ष समितीले सो घटना दुःखदायी भएको बताएको छ ।

0 comments:

Post a Comment