Monday, August 24, 2015

अखण्ड पक्षधरले कैलालीमा १० बढी घर जलाए


कैलालीको टीकापुरमा अखण्ड पक्षधरले थारुहट नेता कार्यकर्ताको घरघर पसेर आगो लगाउन सुरु गरेका छन् । सभासद् रामजनम चौधरीले दिएको जानकारी अनुसार कर्फ्यूको उलंघन गर्दै अखण्डका पक्षधरका कार्यकर्ताले क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जनकराज चौधरीको घरमा आगो लगाएका छन् । थारुहट आन्दोलनका क्षेत्रिय संयोजक रेशम चौधरीको घरमा पनि प्रदर्शनकारीले आगो लगाइसकेका छन् । सभासद् रामजनम चौधरीले प्रहरी र सेनाको आडमा थारु कार्यकर्ताको घरमा आगो लगाइएको आरोप लगाएका छन् । उनका अनुसार अहिले सम्म १० घरमा आगोले ध्वस्त भइसकेको छ । त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै चार राउण्ड हवाइ फायर गरेको जनाएको छ ।

0 comments:

Post a Comment