दाङ, श्रावण १७ । दुम्सी मार्न भनी ओडारमा पस्दा राजपुर–७ गन्दी बस्ने कुलराज चौधरी र दुखराम चौधरीको बेहोस भएर मृत्यु भएको छ प्रहरीका अनुसार शनिबार साँझ उनीहरु समेतका ५ जना हरियाली सामुदायिक वनमा दुम्सी मार्न गएका थिए । दुम्सी लुक्ने ओडार भित्र पसेका कुलराज र दुखरामको भने मृत्यु भएको हो । ओडारको १० फिट भित्र उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । अक्सिजनको अभावमा गुम्सिएर उनीहरुको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि शव परीक्षणपछि मात्र वास्तविकता थाहा हुने प्रहरीले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment