खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ घटेको छ। नेपाल अायल निगमले अाइतबार साँझ ग्यास सहित पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निमगले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा मूल्य घटाएको छ। घटेको मूल्यअनुसार उपभोक्ताले ग्यास प्रतिसिलिन्डर १४३५ तिर्नुपर्नेछ। यसअघि यसको मूल्य १४७० प्रतिसिलिन्डर थियो। पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ भने डिजेल र मट्टितेललाइ ८४ रुपैयाँ प्रतिलिटर पर्नेछ। निगमले गत माघदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थिएन। अन्तरार्ष्ट्रिय बजार भाउ अनुसार मूल्य समायोजन गर्नु परे पनि वैशाख १२ मा भूकम्पका कारण बजार भाउ बढ्दा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउन सकेको थिएन।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment