Wednesday, August 26, 2015

टीकापुरमा आज पनि कर्फ्यु, त्रासमा स्थानीय


सेती अञ्चल प्रहरी प्रमुख एसससपी लक्ष्मण न्यौपानेलगायतको हत्या भएको घटनास्थल पुगेर प्रहरीले मुचुल्का उठाएको छ । त्यस्तै, गोली लागेर मृत्यु भएका डेढ वर्षीय बालकको घरमा पनि प्रहरीले मुचुल्का उठाएको छ । टीकापुर झडपमा सोमबार सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरीलाई जिउँदै आगो लगाइएको स्थान ।  एसएसपी न्यौपाने, प्रहरी निरीक्षकद्धय केशव बोहरा र बलराम बिष्ट, हवलदार लक्ष्मण खडका, जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक रामबिहारी चौधरीलगायतलाई प्रदर्शनकारी लखेट्दै स्थानीयको घर र खेतमा घेरेर भाला र भाटाले हिर्काएर हत्या गरेको घटनास्थल मुचुल्का उठाउन गएको टोली समक्ष प्रत्यक्षदर्शीले आफूले देखेको कुरा बताए ।

एसएसपी न्यौपाने भाग्दै घटनास्थल नजिकैको स्थानीयको घरमा लुक्न खोजेका थिए । तर, आन्दोलनकारीले घरबाटै तानेर भालाले खोपेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एसएसपीको हत्या गरिएको स्थान नजिकै प्रहरी उपरीक्षक सिंहका अंगरक्षक चौधरी  र हवल्दार खड्कालाई जलाएको प्रमाण प्रहरी टोलीले बरामद गरेको छ । उनीहरुको लगाएको युनिफर्म जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बच्चालाई गोली हानियो: पीडित परिवार
डेढ वर्षीय टेकेन्द्र साउदलाई प्रहरीको हत्या भएको एक घण्टापछि घरमै गोली हानेर हत्या गरेको आमा यशोदाले बताइन्। ‘घरको पर्खाल बाहिर मकैबारीबाट गोली हान्न थालेपछि बरण्डामा खेलिरहेको बाबुलाई घरभित्र तानेर लगेँ । तर, उ ढल्यो । अनिमात्रै गोली लागेको थाहा भयो,’ बुबा नेत्र साउदले भने ।

0 comments:

Post a Comment