प्रमुख चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेको थापाको आरोप थियो। मस्यौदा समितिका सभापति सिटौलाले राजतन्त्रबारे छलफल हुन सक्दैन भनेको भन्दै थापाले सिटौला को हो भनि प्रश्न गरेका थिए ‘उहाँ को? जसले राजतन्त्रबारे छलफल हुन सक्दैन भन्ने अधिकार पायो? यो अधिकार उहाँलाई कसले दियो?’
कमल थापाले अगाडि भने-
हामीले विगतदेखि भन्दै आएका छौ कि परिवर्तनलाई सस्थागत गर्ने नाममा जनताको अभिमत विना जुन नीति लाद्ने काम भयो त्यो गलत छ भन्ने कुरा जगजायर छ।
संविधान बन्ने अन्तिम घडिमा देशमा जुन उत्साह र उमंग हुनुपर्ने थियो त्यो बेला आम जनता निराश र सिंगो देश आन्दोलित छ।
यद्यपि पूर्ववक्ताले यो आन्दोलनहरू संविधान निर्माणमा बाधा पुर्याउन खोज्ने संविधान विराधीको संज्ञा दिएका छन्। यदि अहिलेपनि संविधान बनाउन बाधक को हो त्यो अमूर्त रुपमा भन्ने हैन त्यो देशभित्रकै हो भने को र बाह्य हो भने को हो? जनतालाई स्पष्ट पार्नु पर्छ। जनतालाई भ्रम पार्ने काम नगरौं। होलान् केही नचाहने पनि। तर अहिलेको देशको अवस्था चार दलका चार नेताले सृजना गरेको हो।
यो दस्तावेज केही सिमीत नेताहरुको महत्वकांक्षा, स्वार्थ र भागवण्डाको दस्तावेज हो। कुन सैद्धान्तिक धरातलमा यो दस्तावेज बनाएको हो? यदि हामी राष्ट्र र जनताप्रति जिम्मेवार भए किन यस्तो अवस्थाको सृजना भयो? संविधानसभालाई राजनीतिक उपलब्धीको संज्ञा दिने नेताहरुले जवाफ दिनुपर्छ कि तपाईहरुले गरेको निर्णय हामीले थपडी लगाउने बाहेक के भएको छ? कुनैबेलामा राणाशासनमा पनि भारदारीसभा हुन्थ्यो। राणाहरुले कौशीबाट फरमान गर्दा तलको भारदारले प्रभु यो निर्णय राम्रो छ भने झै यो भारदारी सभा बनेको छ।
नेताहरुमा दम्भ छ। मस्यौदा समितिका सभापतिले प्रतिवेदन पेश गर्दा राजसंस्थाको विषयमा छलफल हुनै सक्दैन भन्ने सिटौला को? संविधान सभाले सबै विषयमा छलफल खुला छ। राजसंस्थालाई यम्बुसमा पारेर पाखा लगाइएको छ। आन्दोलनबाट होइन। चलनचल्तीबाट भनिएपनि आन्दोलन राजसंस्था बीचको सहमतिमा सफल भएको थियो।
संविधानसभाको पहिलो बैठकमा चुनाव हारेका संविधानसभामा प्रवेश गर्ने अधिकार नभएको व्यक्ति यो सभामा आएर गणतन्त्रको प्रस्ताव राख्ने अधिकार कहाँ थियो? यो सदनमा त्यो प्रस्तावमा एक मिनेट पनि छलफल भएन।
त्यो निर्णयका बारेमा अहिलेपनि एक मिनेट पनि छलफल गर्न नपाइने राणाकालिन फरमान नगर्न म आग्रह गर्छु।
यसैबीच एमाले सभासद कर्ण थापाले नियमापत्ति गर्दै भने, ‘नियमावली गालिगलौज र अपमान गर्ने शब्द प्रयोग गर्न नपाइने भएपनि यो सदनमा पटक पटक यो संविधानसभालाई राणाकालिन भारदारी सभा भन्नु गलत छ। यो सभा भारदारी सभा हो भने चारदलका नेता राणासँग तुलना भयो।
त्यसपछि सभाध्यक्षले बोल्न कमल थापालाई ध्यान दिने भनेपछि कमल थापाले मैले यो भारदारी सभा होइन भनेको हो। त्यसमा परिणत हुन लाग्यो भनेको हुँ।
संवाद समितिका सभापतिले जनताको राय सुझाव लिनु पूर्व धर्म निरपेक्षताबारे कुनै राय सुझाव नलिन भन्ने कुरा गरेको भन्दै नेपाली जनताको बहुसंख्यक सर्वधर्म समभावको पक्ष र निरपेक्षताको विपक्षमा रहेका छन्। आम जनतालाई बेकुफ हुन र हामी नै श्री ५ र श्री ३ हौ भन्ने अभिव्यक्ति प्रति मेरो आपत्ति हो।
कुनै पनि संविधान निश्चित सैद्धान्तिक आधारमा निर्माण हुन्छ। यो संविधान बनाउँदा नेपालको राष्ट्रिय एकता र अक्षुणतालाई समाप्त पार्ने काम भयो। जसका कारण मुलुकमा व्यापक असन्तुष्टि छाएको छ।
हामीले आजसम्म टेक्ने ठाउँसम्म नदिएपनि अब पनि भन्छौ कि टेक्ने ठाउँ दिन माग गर्छौ अन्यथा हामीले पनि सोच्न बाध्य हुने छौ।
0 comments:
Post a Comment