मलेसिया, साउन २० – मलेसियाको पेराक राज्यमा रहेको लेटेक्स पार्टनरस बेरहाड कम्पनीले नेपालका भूकम्प पीडितका लागी २५ हजार अमेरिकी डलर अर्थात झण्डै २५ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ ।
लेटेक्स कम्पनीका प्रतिनिधिले मंगलबार मलेसिया स्थित नेपाली दूतावासमा गएर सहयोग रकम दिएका हुन् । १५ हजार अमेरिककी डलर कम्पनीमा काम गर्ने भूकम्प पीडित नेपालीलाई सहयोग गरेको र बाँकी १० हजार डलर नेपालका पीडितका लागि पठाइएको कम्पनीले जनाएको छ ।
0 comments:
Post a Comment