Wednesday, August 5, 2015

मन्त्रीसँग नाम जोडि गलत र झुटा समाचार आएपछि नायिका नम्रता श्रेष्ठले यस्तो लेखिन




श्रावण २० । पछिल्लो समएमा विभिन्न खाले टिका टिप्पणीसहित नेपालका अनलाइन ब्लगहरुमा सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालको यौन प्रस्ताव र राष्ट्रिय पुरस्कारलाई जोडेर समाचार प्रकाशित भएपछि नम्रताले यस्ता विषयमा गलत र झुटा समाचार प्रकाशित नगर्न भन्दै एक नोट सार्वजनिक गरेकी छिन् । बुधबार आफ्नो फेसबुक पेज बाट लामो नोट लेखेर उनले यस्तो बताएकी हुन् । चलचित्र विकास बोर्डले एकसात अगाडि आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफू चाँडै बाहिरिएको र आफूलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले बताएकी छन् । आफूलाई पहिले यी हल्लाबारे थाहा नभएको र आफ्नो मौनताको गलत अर्थ लगाइएको पनि उनले बताएकी छन् । म्युजिक भिडियो सुटिङ छोडेर उक्त समारोहमा आएकाले आफु छिट्टै त्यहा बाट बाहिरिनु परेको उनले बताएको छिन् । मनलाग्दी हेडलाइन बनाएर यस्ता समाचार बनाउँदा आफ्नो पेसा र ब्ययवसायिक क्षेत्रमाथि समेत प्रश्न उठेको भन्दै नम्रताले गुनासो गरेकी छिन् । यस्ता गलत समाचारले आफ्ना साथी, शुभचिन्तक र आफन्तमा भ्रम पर्न गएकाले यति लेखेको भन्दै उनले यसलाई कुनै प्रष्टिकरण नठान्न पनि फेसबुक मार्फत आग्रह गरेकी छन् ।

0 comments:

Post a Comment