लामो समयदेखि गृहकार्य गरेको र फ्रि भिसा र टिकट नेपाली मजदुरको पक्षमा भएको उनको भनाई थियो । ऋण गरेर नेपाली कामदार विदेश आउँदा ऋण तिर्न नै ७ देखि १ वर्ष लाग्ने गरेको उनले बताए । अझ मलेसियाले कामदारको तलवबाट लेबी काट्दा नेपाली कामदार झन मारमा पर्ने गरेको उनले सुनाए ।
विदेश आउँदा लिएको ऋण रकम तिर्दा वर्षमा ३६ प्रतिशत ब्याजदर पर्न आउने उनले बताए । कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्नेतले पनि फ्रि भिसा र टिकटको निर्णयमा मन्त्री गुरुङ अडिक रहेको र यो निर्णय फिर्ता नहुने बताए । निर्णय कुनै पनि हालतमा फिर्ता हुन्न राजदूत बस्नेतले भने कामदार ल्याउन मलेसियाका रोजगारदाता कम्पनीले आनाकानी गरे कामदार ल्याउन रोक लगाउँछौं । कार्यक्रममा मलेसियाका सेक्युरिटी, कन्स्ट्रक्सन, प्लानिटेसनका लागि नेपाली कामदार ल्याउने रोजगारदाता कम्पनीको प्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुले हचुवाको भरमा फ्रि भिसा र फ्रि टिकटको निर्णय नेपाल सरकारले गरेको भन्दै केही महिना परीक्षण गर्न मन्त्री गुरुङसँग आग्रह गरेका थिए । नेपाली कामदारको अवस्था बुझ्न मन्त्री नेतृत्वको टोली सोमबार बिहान क्वालालाम्पुर आइपुगेको हो । मन्त्री मलेसियाबाट मंगलबार साँझ कोरिया जाने कार्यक्रम छ ।
0 comments:
Post a Comment