Tuesday, August 11, 2015

आममाफीको माग गर्दै कैदीका आफन्तले निकाले जुलुस


काठमाडौं, श्रावण २६ । विभिन्न कसुरमा कारागारमा कैदीजीवन भोगिरहेकाहरुका परिवारले कैदीबन्दीहरुलाई आममाफी दिनुपर्ने माग गर्दै मंगलबार राजधानीमा र्‍याली निकालेका छन् ।

भद्रकालीबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगी सम्पन्न भएको थियो ।

वर्षौंदेखि कैदी जीवन बिताइरहेका सबैलाई आममाफी दिनुपर्ने माग गर्दै उनीहरुले पहुँचवालाहरुलाई मात्रै आममाफी दिइएको गुनासो गरे ।

0 comments:

Post a Comment