मेलम्ची, २६ साउन । आफ्नै काकी नाता पर्ने पार्वती गिरीलाई कुटपिट गरी फरार रहेका सिन्धुपाल्चोक जिल्ला पाल्चोक गाविस–२ का २८ वर्षीय विदुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । पार्वती गिरीलाई काठमाडौँको जोरपाटीमा कुटपिट गरी विदुर फरार रहेका थिए । विदुरमाथि महानगरीय प्रहरी वृत्त बौद्धमा सार्वजनिक मुद्दा दर्ता भएको छ । गोप्य सूचनाका आधारमा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा आज बिहान इलाका प्रहरी कार्यालय, मेलम्चीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको मेलम्ची इलाका प्रहरी कार्यालयका निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment