Tuesday, August 11, 2015

यसरी तीन आमा छोरा–छोरी सधैँका लागि निदाए


गुल्मी, साउन २६ – दिनभरि खेतीपातीको काम सकेर साँझ खाना खाई छोराछोरीलाई सँगै सुताउँदै विदेशमा रहेका श्रीमानलाई एक झल्को सम्झेर अनेक सपना सजाएकी दिवु्रङ्गकी आशा सार्कीले सायदमध्ये रातमा पहिरोले पुर्दासम्म पनि श्रीमानसँगकै मिठो सपनामा थिइन्, होला ।
निन्द्रामा पहिरोले च्याँपेकोसम्म पनि उनले थाहा नपाएको हुन सक्छ भन्ने कुरा एउटै विस्तरामा आमासँग छातीमा लुटपुटिदै निदाएका छोरा–छोरीहरुको दृश्यले देखाउँछ । गए राती दिव्रुङ्ग–३ मा पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु घटनाको दृश्य निकै कहाली लाग्दो छ ।
खड्गबहादुर वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका छन् । यता उनकी ४० वर्षीया श्रीमती आशा, १० वर्षीय छोरा गगन र ४ वर्षीया छोरी ईन्दुको गए राती घरमाथिबाट आएको पहिरोले पुरेर मृत्यु भयो । अर्की ११ वर्षीया छोरी सुष्मा र ३ वर्षीया छोरी भने भागेर बाँच्न सफल भएका छन् । आमासँगै सुतेका दाजु र दिदी आमासँगै सधैँका लागि नदिएर बरु हाइसुख्ख भएजस्तो लागिरहेको छ यतिबेला । ती अवोध बालिकालाई ।
उनीहरुले नचाहेर पनि आमा र उनका एक दाजु र बहिनीलाई मानिसहरुले उठाएर अन्तेष्टी स्थलतिर लैजाँदै छन् । अब एक मात्र आश ती विदेशमा रहेका बाबु कहिले आउने हुन भनेर पलपल गनेर बसेका छन उनीहरु । यतिबेला त्यहाँ शान्तिपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्दार कार्य जारी राखेको छ ।
-रातोपाटी बाट

0 comments:

Post a Comment