Saturday, August 29, 2015

लेखीको टार्गेटमा ७ नेता र मानवअधिकारकर्मी, दिए भौतिक कारवाहीको चेतावनी


इटहरी, भदौ १२ – थरुहट आन्दोलनका अगुवा तथा आदिवासी जनजाती केन्द्रीय महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले गत सोमबार कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र डेढ बर्षीय बालकको ज्यान जाने गरी भएको विभत्स घटनाको जिम्मेवार नेपाली कांग्रेस, नेकपा–एमाले, र एमाओवादीले जिम्मा लिनुपर्ने बताएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै नेता लेखिले टिकापुरको हत्याकाण्ड तीन दलका टाउकेहरुका कारण निम्तिाएको बताए । ‘थारुहरुलाई उक्साएर आन्दोलनलाई विभत्स बनाउने नेपाली कांग्रेसका सुशील कोइराला, शेरबहादुर देउवा , एमालेका केपी ओली तथा पूर्व गृहमन्त्री भीम रावल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, तथा एमाओवादीकै नेता लेखराज भट्ट लगायत अन्यलाई जनताले कार्वाही नगरे आफनो पार्टी र कार्यकर्ताहरुले भौतिक कार्वाही गरेर देखाउने बताएका हुन् । स्वायत्त थरुहट प्रदेश मागदै शान्तिपुर्ण आन्दोलनमा उत्रिएका आफना कार्यकर्ताहरुलाई सिबिलमा प्रहरी खटाएर ढुङ्गा हान्न लगाउने ती दलका नेताहरुलाई जहाँ भेटयो त्यही कार्वाही गर्न नेता लेखीले कार्याकर्ताहरुलाई आदेश समेत दिएका छन । उनले कैलालीको टिकापुर, रौतहटको गौर , सप्तरी लगायतका जहा जहा दंगा भडकिएका छन त्यस्ता जिल्लाका घटना स्थलमै मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु नपुगेको प्रति रुष्ट प्रकट गर्दै मानवअधिकारवादीलाई समेत थरुहट प्रदेशबाट लखेटन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । घटनाबारे सत्य तथ्य बुझेर प्रतिवेदन निकाल्ने मानवअधिकारवादीहरुलाई बिदेशी डलरमा बिकेको बताउँदै थारु नेता लेखीले त्यस्ता मानवअधिकारवादीहरुलाई थरुहट राज्यबाट लखेटनुपर्ने समेत बताए । ‘अब आन्दोलनको स्वरुप परिर्वतन हुन्छ । डलरवादी मानवअधिकारर्मीलाई देख्नुभयो भने कठालो समातेर डलर पचाउने संस्था बन्द गर भन्नुहोस् । नत्र यत्रो दिन कहाँ रक्सी खाएर निदाएर बसेका थिए ?’

0 comments:

Post a Comment