Thursday, August 27, 2015

सुनचाँदीको भाउमा क्रमशः गिरावट


काठमाडौं, भदौ १० । स्थानीय बजारमा सुनचाँदीको भाउमा क्रमशः गिरावट आएको छ । बिहीबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको जनाएको छ ।
बुधबार तोलाको ५१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले कमी आई ६ सय ७० कायम गरिएको महासंघले जनाएको छ । सोमबार मात्रै सुन तोलाको ५१ हजार ९ सयमा कारोबार भएको थियो ।

0 comments:

Post a Comment