रौतहट, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज साँझ छ बजेदेखि जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । अहिले साँझ ४ः३० बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका सवै वडामा निषेधाज्ञा जारी गरे पनि मोर्चाका कार्यकर्ताले घेराउ गरेका हुन् । विरोध प्रदर्शनपछि भएको झडपका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब निरीक्षक चन्द्रकुमार राईको दाहिने हात भाँचिएको छ भने सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी हवल्दार रामप्रवेश यादवको टाउकामा चोट लागेको छ ।
प्रहरीले चलाएको रबरको गोली लागेर आन्दोलनकारी सरोज पण्डित, दरिवन मिया, रमेश महतो र सोविन्द्र महतो घाइते भएका छन् । प्रजिअ मदन भुजेलको अध्यक्षतामा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐनअनुरुप सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरे तापनि कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अहिले पनि प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । जातीय सद्भाव भड्काउने र साम्प्रदायिक सद्भावमा खलल पु¥याउने कुनै पनि कार्य नगर्न जिल्ला सुरक्षा समितिको बैठकले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।
0 comments:
Post a Comment