Friday, August 21, 2015

मृत अवस्थामा भेटिए हराइरहेका आन्दोलनकारी


भैरहवा,भदौ ५ – भैरहवामा ३ भदौमा बन्दकर्ता र प्रतिकार गर्नेहरुबीच भएको झडपको क्रममा हराइरहेका एक प्रदर्शनकारी बिहीबार स्थानीय डण्डा खोलामा मृत अवस्थामा फेला परेका छन् ।

मृतक लुम्बिनी नगरपालिका– १० बस्ने १८ वर्षीय सुनील भन्ने सुधीराम यादव रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले पुष्टि गरे । प्रजिअ ढकालका अनुसार बुधबार भएको दोहोरो झडपको क्रममा यादव र उनका अन्य २ दाजु भाइ ज्यान जोगाउन डण्डा खोलामा हाम फालेका थिए । खोलाबाट २ जना निस्किए पनि सुनिल भने हराएका थिए । पारिवारिक स्रोतले प्रतिकारको नाममा सुनीलको हत्या भएको बताए । प्रत्यक्षदर्शीका अनुसार बेलहियाबाट प्रतिकार नाममा निस्किएका युवाहरुले यादवलाई खुकुरी, फलामे रड लगायतले आक्रमण गरेर जिउँदै डण्डा खोलामा फालेका थिए । मृतकको शव पोष्टमार्टमको लागि भैरहवाको भीम अस्पतालमा राखिएको छ । मृतक यादवलाई सहिद घोषणा गरि आश्रित परिवारलाई क्षतिपूर्तिको ब्यावस्था नभएसम्म शव नबुझ्ने अडान स्थनीयले लिएका छन् ।


0 comments:

Post a Comment