Wednesday, August 26, 2015

सुरक्षाकर्मी कहाँ कति परिचालित ?


काठमाडौं, भदौ १० –कफ्र्युको समयमा सेनाले कैलालीको टीकापुर र भजनी, नेपालगन्ज, गौर र मलंगवामा गस्ती गरिरहेको छ । जति बेला पनि खटिनुपर्ने हुनसक्ने भन्दै जंगी अड्डाले आफ्ना युनिटहरुलाई तम्तयार अवस्थामा रहन निर्देशन दिइसकेको छ । तराईंका प्रत्येक जिल्लामा करिब पाँच सय को संख्यामा सशस्त्र प्रहरी छन् । सीमा सुरक्षा कार्यालय र स्थानीय गणबाट मात्रै नौ हजार ९० सशस्त्र प्रहरी खटिएका छन् । तत्काल तराईमा संख्या नथप्ने सशस्त्र मुख्यालयले जनाएको छ । तराईंका हरेक जिल्लामा सात सयदेखि एक हजारसम्म प्रहरी खटिएका छन् । प्रभावित आठ जिल्लामा आठ सयदेखि एक हजारसम्म थप प्रहरी परिचालित छन् । पहाडी जिल्लाबाट पनि केही प्रहरी तराइमा झिाइएका छन् । पश्चिम तराईमा थारुहरुको माग राजनीतिक रुपमा सम्बोधन नगरे परिस्थिति नियन्त्रणबाहिर जान सक्ने नेपाली सेनाको निष्कर्ष छ । तर, तरल परिस्थितिलाई नजिकबाट हेरिरहेका र ल एन्ड अर्डर मेन्तेन गर्न स्थानीय प्रशासनलाई सघाइरहेको सैनिक अधिकारीहरुले बताएका छन् ।

एक उच्च सैनिक अधिकारीका अनुसार अहिलेको अवस्था कायम रहे तराईमा थारु र मधेसीबीचको सहकार्यमा उत्तेजक आन्दोलन हुने र स्थिति सरकारको नियन्त्रणमा आउन नसक्ने सेनाको विश्लेषण छ । राजनीतिक विषय समाधान गर्न दलीय संवाद सुरु नहुनु दुर्भाग्यपूर्ण रहेको पनि सेनाको विश्लेषण छ ।
कामु प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २७ साउनमा चार दलका शीर्ष नेतालाई थारु र मधेस आन्दोलनको माग सम्बोधन गर्न सुझावसमेत दिएका थिए । ‘थारुहरुको एजेन्डा राजनीतिक रुपमा सम्बोधन गर्नुपर्छ, उनीहरुको एजेन्डा ल एन्ड अर्डरले समाधान हुँदैन’प्रधानमन्त्री सुशील कोइरालासँग चार दलका शीर्ष नेतासँग कामु प्रधानसेनापति क्षेत्रीले भनेका थिए,‘अन्यथा तराईंको परिस्थिति नियन्त्रणबाहिर जाने खतरा छ ।’ सो बैठकमा सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त प्रहरी महानिरक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी पनि सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

0 comments:

Post a Comment