Friday, August 28, 2015

आजका लागी मात्रै खुल्यो बन्द, सर्वसाधारण दंग



काठमाडौँ , भदौ १२ । थारुवान प्रदेशको माग गर्दै केही सातादेखि जारी आन्दोलन आज एक दिनका लागि स्थगीत गरीएको छ । रक्षाबन्धन मनाउन खुला गरीएको अवसरमा केही सातादेखि बन्दको चपेटामा परेका तराइका सर्वसाधारणहरु आजका लागी मात्रै भए पनि खुलेको बन्दमा प्रफुल्लित देखिन्छन् ।
चितवनदेखि कञ्चनपुरसम्मका सर्वसाधारण अहिले आआफ्ना तरीकाले रक्षाबन्धन मनाइरहेका छन् । बन्द गरीएका ति स्थानहरुमा अहीले निर्वाध रुपमा सवारी चलीरहेका छन् ।
आन्दोलनरत थरुहट संघर्ष समिति र मधेसी मुक्ती मोर्चाले आज जनैपूर्णिमाको अवसर पारी शनिबार एक दिनका लागि यातायात र बजार खुला गर्ने निर्णय गरेको हो । १८ दिनदेखि थरुहटले गरेको बन्दका कारण मुलुकका थुप्रै जिल्लाको जनजीवन प्रभावित हुँदै आएको छ ।

0 comments:

Post a Comment