Thursday, August 6, 2015

निखिल उप्रेती भन्छन – ‘यसकारण मेरा सबै फेसबुक आइडी र पेज फेक’


काठमाडौं, साउन २२– आजकल इन्टरनेटको जमाना छ । अझ, सामाजिक सञ्जाल र त्यसमा पनि फेसबुक अगाडि छ । सामाजिक सञ्जालमा पनि सेल्फी खिच्ने टेड्रिङ छ । सुन्दर युवतीदेखि बुढासम्मले आफ्नो सेल्फी खिचेर फेसबुकमा अपलोड गर्नमै समय खर्चिएका बेला नेपालकै चर्चित नायक निखिल उप्रेतीको फेसबुक पेज छैन् भन्दा कसलाई आश्चर्य नलाग्ला ? तर यो साँचो हो । अधिकांश नायक–नायिकाले फेसबुकलगायतका सामाजिक सञ्जाललाई चलचित्रको प्रबद्र्धन गर्ने माध्यम बनाइरहेका बेला निखिल फेसबुकसँग बेखबर छन् ।
उनको चलचित्र ‘भैरव’ भदौ ११ गतेबाट रिलिज हुँदैछ । एक्सन हिरोका रुपमा नेपाली रजतपटमा चिनिएका निखिलको सामाजिक जीवनप्रति धेरैलाई चासो छ । त्यसैले उनको फेसबुक आइडीमा लाइक गर्ने र कमेन्ट गर्नेहरुको संख्या पनि उत्तिकै छ । तर, रातोपाटीसँगको कुराकानीमा निखिलले आफ्नो नाममा खोलिएका सबै फेसबुक पेज र आइडी फेक रहेको बताएका छन् । उनको नाममा खुलेका फेक फेसबुक आइडी र पेज ७० वटा भन्दा बढि रहेको छ ।

उनी भन्छन्– ‘म नेटमा बस्छु । तर मैलेँ अध्ययन गर्ने समय नै पाइँन । इन्टरनेटमा अध्ययनका लागि पर्याप्त सामाग्री छन् । त्यसैले इन्टरनेटमा बसेर फिल्मका सम्बन्धि अध्ययन गर्ने बानी छ । हलिउड तथा दक्षिण–भारतीय फिल्म सम्बन्धि धेरैभन्दा धेरै जानकारी लिने मेरो प्रयास हुन्छ, इन्टरनेटमा खोजेर नपाइने कुरा विरलै छन् । अरुले चलाएको देखेर मलाई पनि फेसबुक एकाउन्ट खोल्ने र चलाउने रहर नलागेको होइन । तर, फेसबुक चलाउने साथिभाईको सञ्जाल मैलेँ बनाउन सकिँन । आफू फेसबुकमा अपडेट पनि हुन नसक्ने र फेसबुकमा दिनुपर्ने समय इन्टरनेटमा अन्य विषयहरुको खोजीकै लागि दिने बानी प¥यो । काम गरेपछि बाँकी रहेको छोटो समय पनि फेसबुक चलाउँदा चलाउँदै बित्ला भन्ने डरका कारण पनि यसमा मेरो रुची छैन् । तर जस–जसले फेसबुक चलाउनुभएको छ, पक्कै पनि यसको राम्ररी उपयोग गर्नुभएको छ होला । राम्ररी उपयोग गर्दा फेसबुक नराम्रो माध्यम पनि होइन, तर म यसमा भिज्न सकिँन । ’ उनी फेसबुकमा अरुले आफ्नो नाममा पेज खोलेकोमा समेत सन्तुष्ट छैनन् । भन्छन्, ‘मेरा प्रशंशकहरुले गर्नुभएको होला, खासै आपत्ति त छैन् । तर अरुको नाममा पेज खोलेर के हुन्छ र ?’

0 comments:

Post a Comment