Tuesday, August 4, 2015

मन्त्रीका पिएले अस्पतालभित्र नर्ससँग यस्तो के गरे ?




पटियाला, २०  साउन – भारतको पञ्जाब राज्यका क्याबिनेटमन्त्री सुरजीत सिंह रखडाका पि.ए. पिथी सिंहलाई स्थानीय अस्पतालकी एक नर्सलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । पिथी सिंहले राजिन्दरा अस्पतालकी ती नर्सलाई यौनजन्य क्रियाकलापका साथै यौन प्रस्ताव गरेको आरोप लागेको समाचारमा जनाइएको छ । पिथी सिंहले अस्पताल भित्रै बुधबार राति नर्सको हात समाएर बलात्कारको प्रयास गरेका थिए । तर नर्स कराएपछि नजिकै रहेका सर्वसाधारणहरू जम्मा भएका थिए । स्थानीयले उनलाई पक्राउ गरी तत्काल प्रहरीलाई बोलाएर जिम्मा लगाएको जनाइएको छ ।

पञ्जाव प्रहरीका एएसआई शम्शेर सिंहका अनुसार राजिन्दरा अस्पतालकी सुनाम निवासी नर्सले दिएको बयानमा बुधबार राति अरनौली (हरियाणा) निवासी पिथी सिंहले राजिन्दरा अस्पतालको गेटमा नर्सको हात समातेर यौनजन्य कार्य गरेका थिए ।

गेटमा नर्सले यौन प्रस्ताव नमानेपछि पिथी सिंहले अस्पतालको वार्डमै पुगेर नर्ससँग यौनजन्य कार्य गर्न प्रस्ताव गरेका थिए । नर्सले नमानेपछि पिथी सिंहले एक लाख रुपियाँ दिने आश्वासनसमेत दिएको प्रहरीले जनाएको छ ।
आरोपीले पनि क्याबिनेट मन्त्री सुरजीत सिंह रखड़ाको आफू पि.ए. रहेको बताएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले आफू मन्त्रीको पि.ए. रहेको भन्दै धम्काएको प्रहरीले जनाएको छ । राजिन्दरा अस्पतालमा मन्त्रीका पि.ए. पिथी सिंहका आफन्त उपाचाररत रहेका बेला उनले नर्ससँग यौन प्रस्ताव राखेका हुन् । पिथी सिंहले नर्सलाई फोनमा पनि अश्लील कुरा गरेर हैरान बनाएको आरोप उजुरीमा उल्लेख छ । पिथी सिंहले यौन प्रस्ताव नमानेकी नर्सलाई मार्ने धम्कीसमेत दिएका छन् ।
– एजेन्सी


0 comments:

Post a Comment