काठमाडौं, ६ भदौ लैनचौरको शंकर होटेलबाट आठ वर्षअघि पक्राउ गर्न खोज्दा डन कुमार घैँटे भाग्न खोजेपछि प्रहरीले गोली हान्यो । तिघ्रामा गोली लागे पनि उनको ज्यान जोगियो । तर, बिहीबार कपुरधारामा प्रहरीसँगको मुठभेडमा घैँटे मारिएका छन् । सामाखुसी बस्ने घैँटे बा.५६प १०० नम्बरको स्कुटर चढेर घर गइरहेको वेला कपुरधाराको बालकुमारी मार्गस्थित सडकमा मारिएका हुन् । प्रहरीका अनुसार स्कुटर रोकेर चेकिङ गर्न लागेपछि झगडा भएको थियो । चेकिङका क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि जवाफी फायरिङमा तीनजनालाई गोली लागेको र उपचारका क्रममा घैँटेको मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment