Tuesday, August 4, 2015

‘मलाई माफ गरिदिनुस्’ : रेखा थापा


कुनै गल्ती या पश्चतापका कारण हिम्मतवाली रेखा थापाले माफी मागेकी होइन् । आफ्नो ब्यानर रेखा फिल्मस् बाट बन्ने फिल्मलाई दशैंमा प्रदर्शन गर्न असमर्थ भएपछि रेखाले दर्शक सँग माफी मागेकी हुन् ।


रेखाको शिर्ष भूमिका रहने फिल्म ‘राम प्यारी’ लाई यो वर्षको दशैंमा दर्शकमाझ ल्याउने उनको तयारी थियो । तर, बैशाख १२ गते आएको भूकम्पका कारण देशमा विपत् आएपछि रेखाले ‘राम प्यारी’ लाई आउँदो नेपाली नयाँ वर्ष (चैत २६) लाई मा प्रदर्शन गर्ने लक्ष्य राखेकी छन् । यसै साता मिडिया सँगको कुराकानीमा रेखाले भनिन्, ‘दशैंमा म तपाईहरु सँग आउन पाइन्, मलाई माफ गर्नुस् ।’ संगीत रेकर्डिङ कक्षको अन्र्तक्रियामा रेखा केही भावुक देखिइन्, ‘भूकम्पले गर्दा देश विपतमा छ । धेरैले ज्यान गुमाउनु भएको छ । दशैं सम्म मनमा लागेको घाउ आलै हुन्छ । यो दुःखद घडीमा म दर्शकलाई मनोरञ्जन दिन सक्दिंन ।’ ‘राम प्यारी’ को एउटा गीतमा संगीत समेत भरेकी रेखाको भनाई छ, ‘म हिरोइन मात्रै भएको भए छायाँकन सकाएर दशैंमा फिल्म ल्याउँथें होला । तर, म हिरोइन मात्रै नभएर म सारा नेपालीकी छोरी पनि हुँ । घरमा जुठो परेको छ महिना नपुग्दै म आफ्नो फिल्म हलमा ल्याउन सक्दिन ।’

सविर श्रेष्ठले निर्देशन गर्ने ‘राम प्यारी’ मा महिला टेम्पो चालकको कथामा आधारित रहनेछ । यही फिल्मबाट आभाष अधिकारीले नायकको रुपमा रजतपटमा डेव्यु गर्दैछन् । छायाँकन भदौ २१ गते देखि सुरु हुँदैछ ।


0 comments:

Post a Comment