त्यस्ता गाडीलाई सुरक्षा घेरामा राखेर शनिबार साँझ सिरहाको बन्दीपुरबाट पूर्वतर्फ आउने एक सय २४ यात्रुवाहक बस, ७८ मालवाहक ट्रक र ३६ निजी सवारीसाधनलाई सुनसरी, मोरङ र झापासम्म पु¥याइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै पूर्वबाट पश्चिमतर्फ जाने ६८ बस, २८ ट्रक र १५ निजी सवारीसाधनलाई सिरहाको बन्दीपुरसम्म पु¥याइएको छ । सोही क्रममा शनिबार साँझ सुनसरीको दुहवी–५ मा बन्दकर्ताले इन्धन ढुवानी गर्ने ना२ख ४३५१ न्ंको ट्याङ्करमाथि ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।
0 comments:
Post a Comment