रौतहट, १७ साउन । चन्द्रपुर नगरपालिका–१४ को चाँदी नदीस्थित जङ्गलमा सिकार खेल्न गएका एक सिकारी आफँैले बोकेको बन्दुक पड्केर गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार अवैध हतियार बोकेर रातको समयमा जङ्गलमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पड्केर २१ वर्षीय सुरज विक गम्भीर घाइते भएका हुन् । घाइते विकलाई आफन्तजनले चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि पु¥याएका थिए । तर चितवन मेडिकल कलेजमा काममा खटिएका प्रहरीले घाइतेबारे रौतहट प्रहरीलाई जानकारी दिएपछि उक्त स्थानमा खोजी गर्दा झाडीमा भरुवा बन्दुक फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीका अनुसार बन्दुक पड्केर घाइते भएका विकको हात, निधारलगायत शरीरका विभिन्न भागमा छर्राहरु लागेको छ । घाइेतको अवस्था गम्भीर रहेको छ । यसैबीच, अवैध बन्दुक बोकी सिकार गर्न गएको भन्दै प्रहरीले चन्द्रपुर नगरपालिका १४ का २३ वर्षीय तीर्थ लामा, २२ वर्षीय नवीन खत्री र १८ वर्षीय राजु लामालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment