र्दिया–खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गम्भिर घाइते गोला गाविस २ जोधिपुरका ३७ वर्षीय गंगाधर चालीसेको मृत्यु भएको हो । चालीसेलाई घर नजिकका श्यामबहादुर बुढाले शनिबार राति खुकुरी प्रहार गरेका थिए । पिठ्यूँ र बायाँ हात छिनेको अवस्थामा उपचारका लागि बर्दिया जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको एसपी गोविन्दराम परियारले बताए । उनका अनुसार खकुरी प्रहार गर्ने बुढा डिएसपी दिपक बस्नेतको नेतृत्वमा खटिएको टोलीले खोजी गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान रिसिबिको कारणले चालीसेलाई खुकुरी हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment