नेपाल प्रहरी र शसस्त्र प्रहरीका उच्च अधिकारीले आफ्नो परिवारका सदस्यका लागि समेत कार्यलयका गाडी प्रयोग गने गरेकाले गाडीको समस्या आउने गरेको गृहमन्त्रालयका एक अधिकारीले बताए । उनले गृहमन्त्रालयका सह–सचिव सम्मका कर्मचारीसँग पनि दुई–दुई वटा गाडी रहने गरेको जानकारी दिए । ‘सुरक्षा निकायका अधिकारी र गृहमन्त्रालय सिनियर कर्मचारीबाटै गाडीको दुरुपयोग भैरहेको छ’ ति अधिकारीले भने ।
मंगलवार बसेको मन्त्रीपरिषदको वैठकले टीकापुरमा भएको घटनामा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सुरक्षा कर्मचारीको सम्मानमा मरणोपरान्त एक तह पदोन्नति गर्ने निर्णय पनि गरेको थियो । टीकापुर घटनाको अध्ययन तथा छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्व मुख्य निर्देशक देवीराम शर्माको अध्यक्षतामा अतिरिक्त प्रहरी महानिरीक्षकद्वय प्रतापसिंह थापा र जीवन थापा, अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र सहसचिव विनोद केसी रहेको समिति गठन गरेको थियो ।
0 comments:
Post a Comment