काठमाडौं, श्रावण २० । भारत प्रशासित कश्मिरमा भारतीय सेना र प्रहरीबीच भएको भिडन्तमा दुईजना सुरक्षाकर्मीको मृत्यु भएको छ । कश्मिरको त्राल जिल्लामा रहेको सुरक्षाकर्मीको गस्तीमाथि सेनाले गोली चलाउँदा दुईजनाको मृत्यु भएको हो । पछिल्लो समय चरमपन्थीहरु सुरक्षाकर्मीको भेषमा रहने गरेकाले चरमपन्थी सम्झेर भुलबस गोली हानिएको सेनाले जनाएको छ । घटनाप्रति सेना र प्रहरीको तर्फबाट क्षमायाचना गरिएको छ । कश्मिरमा गत मंगलबारदेखि चरमपन्थीविरुद्ध कारबाही तीव्र पारिएको छ ।
0 comments:
Post a Comment