अधिकारीले सामाजिक संजाल फेसवुक मार्फत आफुले नजानेको नबुझेको बिषयमा खालि सुनेको भरमा कुनै ब्यक्तिको चरित्र हत्या गर्ने नियतले आफ्नो फेसवुक वालमा अपुष्ट तथा ब्यक्तिगत लान्छाना युक्त झुट्टा सन्देश पोष्ट गरी प्रचार प्रसार गरी पीडितको सामाजिक तथा पारिवारीक सम्बन्धमा समेत खलल पुर्याउने काम गर्दै आएका थिए ।
उनले आफ्ना फेसबुक साथिहरुलाई यसमा ‘तपाईहरुको के कस्तो राय प्रतिक्रिया छ’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया आह्वान गरेको कारण उक्त फेसबुक पोष्टको कमेन्टमा अत्यन्त अश्लिल वाक्य शब्दहरु प्रयोग गरी महिला प्रति घृणा र द्वेश फैलाई मानसिक यातना दिने गरेका थिए ।
अधिकारीलाई प्रहरीको अपराध महाशाखाबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात बिद्युतीय कारोवार मुद्दामा आबश्यक कानुनी कारवाहीको लागी मंलबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
0 comments:
Post a Comment