सुरुमा मेलेसियामा तीन वर्ष बसेर आएका उनी धेरै पैसा कमाउने भन्दै कुवेत पसे । कुवेत जाने चाँजोपाँचो मिलाउने काम गाउँकै तीर्थ गौतमले गरेको बुबा होमबहादुर महतोले बताउनुभयो । “तर अहिले छोरा कहाँ छ के गरेको छ अत्तोपत्तो छैन” उहाँले भन्नुभयो ।
“काखमा हुर्कदै गरेको जेठो छोराले समेत राम्ररी बाबालाई चिन्न पाएन । यो सानो छोराले त झन देख्न पनि पाएको छैन” बोधबहादुरकी श्रीमती मञ्जु महतोले भनिन्– “यिनीहरूले हाम्रा बा खोई भन्दा मन छचल्किन्छ, बाहिर देखाउन सकिँदैन । परदेशीदाको सुरुको हप्ता त फोन आउँथ्यो अहिले त्यो पनि बन्द भो ।”
“अहिले यी दुई सन्तान हुर्काउन र सासूससुरा स्याहार्न मञ्जुलाई धौधौ परेको छ । सानासाना चिचिला छन्, उनीहरूलाई पढाइलेखाइ गराउनसमेत पैसाको अभाव परेको छ” मञ्जुले गुनासो गरिन् । मलेसिया हँुदा त हप्ताहप्तामा फोन हुने गरेको थियो पैसा पठाउने गर्नुहुन्थो तर कुवेत गएको एक महिना त फोन गर्नुभयो पछि फोन नै भएन ।”
कुवेत गएको दुई वर्षपछि बोधबहादुर फोन गरेर घर आउछु रु ३० हजार पठाइ दिनु भनेर ५८ वर्षका बुबा होमबहादुर महतोलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “बमोजिमको पैसा पनि घरबाट पठाएँ तर पैसा पठाएको त छोराको फोन पनि आउन छोड्यो ।”
“सुरुमा फोन हुँदा छोराले आउँछुआउँछु भन्दै भाका सा¥र्यो पछि त छोराको फोन पनि गरेन पैसा पनि पठाएन ।” ३१ वर्षीय छोराको यो अवस्थाले बाबुआमा । श्रीमती विछिप्त छन् ।
आमा गीताकुमारी महतोले भन्नुभयो– “झट्ट हेर्दा लोर्के थियो ।” सबैसँग मिल्ने स्वभाव । पहिले मलेसियामा उसको सेक्युरिटी गार्डको काम थियो, कमाइ पनि राम्रै थियोे । पैसा पनि पठाएको थियो । तर धेरै कमाउने आशामा कुवेत गएको, छोरो उतै हरायो ।”
घर छिमेका युवा धमाधम विदेश जाने लहर चलेको थियो त्यतिबेला । राम्रो कमाइ हुन्छ भन्दै घरबाट विदेश जाने सल्लाह गरेका उनलाई आमा गीता कुमारीले जुन देशमा राम्रो कमाइ छ त्यहाँ गए भइहाल्यो नि भनेर भनेकी थिइनन् । तर आज छोरो नआउँदा पछुतो लागेको छ ।
छोरा नभएपछि बुहारी पनि खुसी देखिँदैन । भगवान्लाई पनि भाकल (प्रार्थना) गरे तर छोरो आएको छैन, रोएर हिँड्न भएन हासे पागल भन्छन् होमबहादुर छोरा घर नआएकोमा दुःख व्यक्त गरे । बोध बहादुरको परिवारले अहिले एउटा मात्र अपेक्षा गरेका छन् पैसा नपठाए पनि बोधबहादुर घर आएर बसे हुन्छ ।
वैदेशिक रोजगारमा जानेमध्ये छैटौँ स्थान पर्ने जिल्ला नवलपरासी हो । विदेशबाट नेपाली कामदारको शव आउनेमा तेस्रो स्थानमा पर्छ । विदेश गएर हराउनेको सङ्ख्या पनि यहाँ उल्लेखनीय छ । रासस
0 comments:
Post a Comment