काठमाडौ । राजनीतिक दलकाका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन नसकेको प्रसंगलाइ समेटेर एक निर्देशकले लघु चलचित्र बनाएका छन् । युवा निर्देशक प्रकाश बस्नेतको निर्देशनमा बनेको यस चलचित्रमा आन्दोलनमा सहभागी हुन काठमाडौ आएको एक युवकले पिसाब फेर्न नपाएको पीडा प्रस्तुत गरिएको छ । लामो समयसम्म पिसाब थामेर बस्नुको पीडा र देशले निकास नपाउनुको समस्यालाई सांकेतिक रुपमा प्रस्तुत गरिएको छ । निर्देशक बस्नेतका अनुसार पिसाबले च्यापेर पनि पिशाब फेर्न नपाउदा एउटा मान्छेलाई जति पीडा हुन्छ, देशले निकास नपाउदा मुलुकवासीलाई त्यस्तै छट्पटी हुन्छ । उनले त्यहि कुरो चलचित्रमा देखाउन खोजेको बताए । चलचित्रको अन्त्यमा नायकले शौचालयमा मुत्र त्याग गर्न पाएपछि जन्जिरबाट मुक्त भए सरहको आनन्द अनुभव गर्छ । चलचित्रमा मुख्य पात्रको भूमिका काजी रानाले निर्वाह गरेका छन् । साथै, प्रेम लामा, डिल्ली रमण र शंकर कार्कीको समेत अभिनय रहेको छ । यस चलचित्रका निर्माता नरेन्द्र लिम्बू हुन् ।
-अनलाइन खबर बाट
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment