Thursday, August 20, 2015

इन्काउन्टरपछि सर्वेन्द्र खनाललाई गृहमन्त्री र आइजीको फोन


काठमाडौंको कपुरधारामा कुमार घैंटे इन्काउन्टरमा परेपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्बैन्द्र खनालले आफू मातहतको प्रहरी निकाय मेट्रोलाई जानकारी गराए।
मेट्रोलाई जानकारी गराएको केहिछिनमा आइजीपी उपेन्द्रकान्त अर्यालले खनाललाई फोन गरे। घटनाबारे जानकारी लिए। त्यतिबेला कुमार घैटैलाई टिचिङ अस्पताल लगिदै थियो। खनाललाई फोन गरेपछि अर्यालले धन्यवाद दिए। आइजीपीको फोन लगत्तै खनाललाई गृहमन्त्री वामदेव गौतमको फोन आयो। अपराध नियन्त्रण र गुण्डागर्दी रोकथाम गर्न विशेष ध्यान दिएको भन्दै मन्त्री गौतमले पनि खनाललाई बधाइ दिए।
इन्काउन्टरपछि खनाललाई धेरै नेताको फोन आएको छ। कतिले सही काम भन्दै प्रसंशा गरेका छन् भने कतिपय गाली गरेका छन्। सर्वसाधारणलाई सहन नसक्ने गरी दुःख दिन थालेपछि उनीमाथि प्रहरीले निगरानी बढाई कारबाही चलाइएको खनालले बताए।

0 comments:

Post a Comment