Saturday, August 29, 2015

सुनको भाउ ओरालो लाग्दै, यो साता पनि एक हजारले घट्यो


सुन बजारमा तीजको चहलपहल बढ्दै गएका बेला सुनको भाउमा भने यो साता ठूलै उतारचढाव देखिएको छ।

यो साता सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तो भएको छ। साताको पहिलो दिन स्थिर रहेको सुन सोमवार ३ सय रुपैयाँ बढेको थियो। मंगलवार १ सय रुपैयाँले घटेको सुन बुधवार फेरि ८ सय रुपैयाँले घट्यो। त्यस्तै बिहिवार ५ सयले घटेको सुन शुक्रवार फेरि १ सय रुपैयाँले बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको बजार उतारचढावमै रहेकाले आगामी दिनमा सुनको भाउको अनुमान गर्न सहज नरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताभर उतारचढाव रहेको सुनको भाउ पछिल्लो पटक ५० हजार ६ सय प्रतितोलामा कारोवार भएको छ। त्यस्तै चाँदीको भाउ ६ सय ७५ रुपैयाँ रहेको छ।

0 comments:

Post a Comment