Saturday, August 15, 2015

४० जना आप्रवासीको निसास्सिएर मृत्यु


साउन ३० - अवैध रुपमा युरोप जानेक्रममा कम्तिमा ४० जना आप्रवासीको ज्यान गएको छ । भूमध्य सागर अन्तर्गत लिबियाको बन्दरगाहमा गैरकानूनी रुपमा युरोप जान लागेका आप्रवासी चढेको डुंगामा रहेका ४० जना भन्दा धेरैको निसास्सिएर ज्यान गएको इटालिको नौसेनालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ज्यान जाने कुन देशका नागरिक हुन् भन्ने अझै खुलेको छैन ।

तीन सय भन्दा धेरै आप्रवासी चढेको डुंगाबाट केहीलाई सकुशल उद्धार गरिएको इटालीको नौसेनाले जनाएको छ । उद्धारको काम अहिले पनि भैरहेकोे छ । पक्राउ पर्ने डरले सुमन्द्रको बीचमा रोकिराखेको बेला निस्सिएर आप्रवासीको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । सन् २०१५ मा अहिलेसम्म अढाइलाख आप्रवासी डुंगाको कठिन यात्रा तय गर्दै गैरकानूनी रुपमा युरोप पसेको युरोपियन अधिकारीले बताएका छन् । यही हप्ता मात्रै दुई हजार भन्दा धेरै आप्रवासीलाई भूमध्यसागरबाट उद्धार गरिएको छ । गएको मंगलबार मात्रै आप्रवासी बोकेको डुंगा पल्टिँदा हराएका ५० जना अझै भेटिएका छैनन् ।

0 comments:

Post a Comment