Friday, August 28, 2015

‘बिग बोस ९’को प्रत्येक शोबाट मिल्नेछ सलमानलाई दश करोड


आफ्नो नयाँ चलचित्र’ प्रेम रतन धन पायो’को शुटिङमा व्यस्त सलमानले ‘बिग बोस ९’को प्रत्येक शोबाट दश करोड भारु. प्राप्त गर्ने भएका छन् । यहि कारण भारतकै सबैभन्दा ठुलो शोको रुपमा परिचित ‘बिग बोस ९’ को चर्चा यति बेला फेरी चुलिएको छ । लगातार केहि श्रृंखलाहरु चलाइसकेका बलीउडस्टार सलमान खानले पुन: बिग बोस ९ चलाउने र मोटो रकम लिने खबर बाहिरिएपछि यो शोको चर्चा चुलिएको हो ।

सलमानले कुनै एक पार्टीमा ५ मिनेट नृत्य प्रस्तुत गरेको मात्रै ५ करोड भन्दा बढि लिने गर्छन् । यस अघि चलाएका बिग बोसमा सलमानले ५ देखी ६ करोडसम्म लिने गरेका थिए । दर्शकहरुको अत्याधिक मागपछि पुन: सलमान बिग बोस ९ चलाउन लागेका हुन् ।


0 comments:

Post a Comment