Tuesday, August 11, 2015

क्यानडा पठाउने भन्दै भूकम्पपीडितसँग रकम ठगी गर्ने पक्राउ


भूकम्पपीडितलाई क्यानडा पठाउने भनी ठगी गर्ने भारतीय नागरिक पवन कुमार अग्रवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पत्रिकामा क्यानडा पठाउने विज्ञापन प्रकाशित गरी ११ जनाबाट २७ लाख १० हजार रुपैंया ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीहरुले आफ्नो मोबाइल नम्बरमा सम्पर्क गर्न भन्दै ठगी गरेको प्रहरीको अभियोग छ। विज्ञापनमा प्रकाशित मोबाइल नम्बरमा फोन गर्दा पुरुषोत्तम राजभण्डारीले उठाएको पीडितहरुले बताएका छन्। राजभण्डारीले नै अग्रवालको खातामा रकम जम्मा गर्न लगाएका थिए। पीडितहरुले उजुरी दिएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। हाल काठमाडौं बस्दै आएका अग्रवलालाई न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment