जनकपुर, साउन २६ – जनकपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका–७ जानकीनगरका विशेश्वर प्रसाद दासको घरमा रंगरोगन गर्ने काम गरिरहेका भारत मधुवनी लहेरियाका उमेश साहको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
पानी खान धारोमा गएका साहको धारोमा जोडिएको पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको हो । साहको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment