प्रहरीको फायरिङबाट घाइते हुनेहरुमा डम्बर विक, भीम विसी, कृष्ण रावल, दिपेन्द्र न्यौपाने, रामकृष्ण रावल, योगेस पुरी, रमेश गिरी, नवराज बराल र धर्मराज गन्धर्ब रहेका छन् । उनीहरुको स्थानीय देउती अतालमा उपचार भइरहेको छ । मंगलगढी चोकमा भेला भएका आन्दोलनकारी तिरबाट प्रहरी तर्फ ढुङ्गा प्रहार गरे लगतै प्रहरीले टेयर ग्यास तथा हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म ६ जना आन्दोलनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आन्दोलन उग्र बनेपछि नियन्त्रण लिन हवाइ फाइरिङ गरिएको जानकारी दिए । उनले आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन् । प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्णले आन्दोलनकारीले चारै तिरबाट आक्रमण प्रयास गरेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बताए । उनले तनाव नियन्त्रण गर्ने प्रयासमा प्रहरी रहेको बताए । मगंलगढीमा अहिले पनि प्रर्दशनकारी र प्रहरी बीच पटक पटक झडप भएको छ । भने हवाइ फायर पनि जारी रहेको छ । प्रहरीले अहिलेसम्म दुई दर्जन भन्दा बढी राउण्ड गोली चलाएको आवाज सुनिएको छ । यसअघि सोमबार प्रहरी फायरिङमा २ जना आन्दोलनकारीको मृत्यु भएको थियो ।
0 comments:
Post a Comment