Tuesday, August 11, 2015

६ जिल्ला हाम्रो हो : थारुवान


इटहरी २६ साउन – पूर्वि तराइका ६ वटा जिल्ला सुनसरी , मोरङ्ग , झापा , सप्तरी , सिरहा र उदयपुरलाई सिमाङकन सहितको थारुवान राज्य घोषणा गर्न माग गर्दै पूर्वि थारुवान कोचिला राज्य संयुक्त संघर्ष समितीले आन्दोलनको घोषणा गरेको छ । मंगलबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै थारवान कोचिला संघर्ष समितीले बिभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनीक गरेका छन । पछिल्लो समय प्रमुख ४ दलहरुसंग भएको सहमती बिपरीत सिमाङकनसहितको प्रदेश छुटयाइएकोले पूर्वमा बसोबास गर्दे आएका थारुवानहरु मर्माहित भएको र आफनो हक अधिकार पप्तीका लागि जस्तो सुकै मुल्य चुकाउन तयार रहेको पत्रकार सम्मेलनमा बताएका छन । हचुवाको भरमा बनाइएको सिमाङकन आफुहरु नमान्ने भन्दै पूर्वको ६ वटै जिल्लालाई थारुवान राज्य घोषणा गरीनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनको कार्यक्रमहरु सार्वजनीक गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै थारवान कोचिला राज्य संघर्ष समितीका संयोजक सन्तोष थारुले पूर्वको १४ वटा जिल्लालाई सिमाङकन सहित पहिलो प्रदेशमा राखेको प्रति गहिरो आपत्ती प्रकट गर्दे सिमाङकन सच्याउन सरकारलाई आग्रह गरेका छन । आन्दोलनका कार्यक्रमहरु सार्वजनीक गर्दे संयोजक थारुले पहिलो चरणमा शान्तिपुर्ण आन्दोलन गर्ने र सरकारले आफुहरुको माग प्रति कुनै चासो ब्यक्त नगरे सशक्त रुपमा अघी बढने बताए । आन्दोलनका कार्यक्रमहरुमा २७ गते ६ वटै जिल्लाका प्रशासन तथा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाइने ,२८ गते ६ वटै जिल्लामा पूर्वि तराइका ६ जिल्ला एक प्रदेश नामक अन्तरकृया कार्यक्रम गरीने , २९ गते साझ मसाल जुलुस प्रदर्शन गरीने र ३० गते ६ वटै जिल्ला बन्द गरीने कार्यक्रमहरु रहेका छन ।

0 comments:

Post a Comment