Thursday, August 20, 2015

हंगामा क्विन ज्योतीको यस्तो छ अर्को नयाँ हंगामा (भिडियो)


काठमाडौं, भदौ ३ । लोक गायिका तथा मोडेल ज्योती मगर पछिल्लो समय औधी चर्चामा छिन् । कहिले छोटा छोटा पहिरन लगाएर त कहिले संवेदशशिल अंग स्पष्ट देखिनेगरी कार्यक्रममा प्रस्तुत हुने ज्योति पछिल्लो समय म्यूजिक भिडियोका कारण हट केक नै बन्न पुगिन् । ‘ढाडे बिरालो’नामक तिज गीतको भिडियोबाट चर्चासँगै विवादमा तानिएकी उनले हङकङ पुगेर पुन आफ्ना फ्यानलाई हट भिडियो उपहार दिएकी छिन् । जुन भिडियोमा पनि उनले आफ्नो पुरानै शैलीको पहिरनमा सजिएर फ्यानलाई भरपुर मनोरञ्जन प्रदान गरेकी छिन् । भिडियोमा छोटो लुगामा देखिएकी उनले ‘जिम्मालबाकी छोरी’ गीत गाउँदै दर्शकदिर्घामा पुगेर उनीहरुको हात समात्दै गरेको देख्न सकिन्छ । कार्यक्रमको आयोजना ‘खोटाङ समाज हङकङले’ गरेको हो । जसमा गायक राजेश पायल राई, सचिन राई, संगीतकार महेश खड्का, गायिका ज्योति मगर, मेनुका राई, हास्यकलाकार सैलेन्द्र सिम्खडा, लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो ।

0 comments:

Post a Comment