Saturday, August 29, 2015

खुकुरी प्रहारबाट ८ घाइते, घटनामा संलग्न ३ पक्राउ


ओखलढुंगा– जन्तरखानी–२ ठाडे बजार बस्ने १०–१२ जना व्यक्तिहरु मादक पदार्थ सेवन गरी एकआपसमा झगडा भएपछि खुकुरी प्रहार गर्दा सिद्धिचरण नगरपालिका–३ बस्ने २३ वर्षीय सुमन राईसहित ८ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा लगिएको छ। उनीहरुमध्ये सुमन, सिद्धिचरण नगरपालिका–५ बस्ने २१ वर्षीय सुनम राई, सिद्धिचरण नगरपालिका–२ बस्ने २१ वर्षीय अन्जुप राई र २४ वर्षीय सन्द राईलाई शनिवार थप उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं शिक्षण अस्पताल महाराजगंज लगिएको छ। सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। खुकुरी प्रहारमा संलग्न रहेको आरोपमा मध्येका ठाडे–२ बस्ने ३७ वर्षीय हरिकुमार मगर, ३४ वर्षीय होमबहादुर मगर र २५ वर्षीया रेनुका मगरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment